लुमिवनी प्रदेश सभाको दशौ अधिबेशन मंगलवारबाट शुरु भएको छ । झण्डै ६ महिनापछि मंगलवार बसेको प्रदेश सभाको बैठक आधा घण्टा पनि चलेन । नवौं अधिबेशन गत मंसिर १ गते अन्त्य भएको थियो । दशौ. अधिबेशनको पहिलो बैठक एमालेले अवरुद्ध गर्यो । विगतदेखिका आफ्ना कुरा उठाउदै एमालेले मंगलवारको बैठक अवरुद्ध गरेको हो । स्थानिय चुनाव नजिकिदै गर्दा शुरु भएको दशौं अधिबेशनको शुरुमै वोल्दै एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले आफ्नो दलका मागको सुनुवाई नभएको भन्दै तयसका विरुद्धमा बैठक अवरुद्ध जारी रहने बताएका थिए । तयसपछि एमाले सांसदहरुले नारावाजी गर्दै संसद अवरुद्ध गरेका थिए । संसद अवरुद्ध भएपछि सभामुख पूर्णवहादुर घर्ती केही समयका लागि संसद बैठक स्थगित गरेका थिए ।
स्थगित पछिको बैठकमा एमाले सांसदहरु उपस्थीत भएनन । सो बैठकमा दलका तर्फबाट शुभकामना ब्यक्त गर्ने काम भएको थियो । कांग्रेसबाट निर्मला क्षेत्री, माओवादी केन्द्रबाट तुलाराम घर्ती, जसपाबाट निर्मला मुडभरी भट्टराई , राजमोबाट तारा जिसिले भनाइ राखेका थिए । दुइ पटक गर्दा पनि बैठक आधा घण्टा पनि चल्न सकेनन । बैठकमा सभामुखले प्रदेशसभा सदय दिपेश थारुले बुझाएको राजीनामा पढेर सुनाएका थिए । थारुले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट बर्दियामा उम्मेदवारी दिएका छन् । प्रदेश सभाको अर्को बैठक आगामी जेठ १० गते बस्ने भएको छ ।