२०८२ पुष २५

बुद्धको मावली देवदहमा महोत्सव सुरु ,५ करोड बढी आर्थिक कारोबारको लक्ष्य
  • लुम्बिनी खोज
  • २०८२ पुष २४, बिहीबार ०४:३९ गते

बुटवल २४ पुस ।
गौतम बुद्धको मावली देवदहमा १० औ ंराष्ट्रिय औधोगिक व्यापार मेला कृर्षि तथा पयर्टन महोत्सव २०८२ सुरु भएको छ । उद्योग व्यापार संघ देवदहको आयोजनामा पुस २३ देखि माघ ६ गते सम्म देवदह(९ स्थित प्रस्तावित मण्डपमा महोत्सव सुरु भएको हो ।

देवदह नगरपालिका, नेपाल उद्योग व्यापार महासंघ काठमाडौ र उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेशको सह(आयोजनामा स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिककरण तथा व्यापार विविध करण भन्ने मूल नारासहित ब्यापार मेला सुरु भएको हो । ब्यापार मेला तथा महोत्सवको एक कार्यक्रम बिच देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले बुधवार उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले देवदहलाई पर्यटन मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने उल्लेख गरे । ुदेवदहको समृद्धिको आधार नै पर्यटन हो ।ु नगर प्रमुख खरेलले भने, ुबुद्ध मावली स्थलको रुपमा रहेको देवदहमा रहेका ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्र रहेको संरक्षण र विकासमा आम देवदहवासीको सहकार्य आवश्यक छ ।ुनगर प्रमुख खरेलले मेला(महोत्सवको दुरुपयोग तथा कुनै पनि अनधिकृत गतिविधि हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

प्रस्तावित देवदह मण्डपको डिपिआर समेत बनिसकेको उल्लेख गर्दै नगर प्रमुख खरेलले यसको दीर्घकालीन विकासकाका लागी मण्डप स्थल प्रगति सामुदायिक वन र देवदहका व्यवसायीक संघसंस्थाको सहकार्य आवश्यक रहेको धारणा राखे । नेपाल उद्योग व्यापार महासंघका महासचिव खेम नारायण पराजुलीले महासंघ २०७९ सालमा स्थापना भई देशभर १७७ वटा शाखामार्फत साना तथा मझौला व्यवसायीको व्यवसाय प्रवद्र्धनमा सक्रिय रहेको बताए ।

कार्यक्रममा पूर्व नगर प्रमुख हिरा बहादुर केसीले देवदहको आफ्नै पहिचान निर्माण गर्न आवश्यक रहेको बताउँदै मेला(महोत्सवमार्फत उद्योगी, व्यवसायी तथा कृषकका उत्पादनलाई प्रोत्साहन दिनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी रुपन्देही जिल्ला संयोजक निर्मल जिसी, नेपाल उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तारा कुमारी खत्री रोका, उद्योग व्यापार महासंघ रुपन्देहीका अध्यक्ष गोविन्द गैरे, नेकपा एमालेका नगर अध्यक्ष केशव भट्टराई, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष वासुदेव रिमाल, देवदह व्यापार संघका अध्यक्ष माधव ढकाल र नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिव झविन्द्र देवकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
देवदह नगरपालिका, नेपाल उद्योग व्यापार महासंघ काठमाडौ र उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेशको सह(आयोजनामा बुधबारदेखी देवदह(९ स्थित प्रस्तावित मण्डपमा मेला सुरु भएको हो ।

महोत्सवमा २ सय ३० वटा स्टल रहने , ५ करोड बढी आर्थिक कारोबारको लक्ष्य

महोत्सवमा लत्ताकपडा, घरेलु, रेष्टुरेन्ट, संघ संस्था गरी २३० वटा स्टल रहेका छन् । करिब २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवबाट ५ करोड बढी आर्थिक कारोबार हुने लक्ष्य रहेको संस्थाका अध्यक्ष गणेश कुमार खातीले जानकारी दिए ।
मेलामा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति, डान्सिङ आइडल, सिङ्गिङ आइडल, भजन प्रतियोगिता र विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ।
महोत्सवको उद्घाटन समारोह संघका अध्यक्ष गणेश गणेश कुमार खातीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अमृत फुल्लेलको स्वागत, महासचिव धन राज पुवर र सचिव विनिराम सोमईको संचालन तथा उद्योग व्यापार संघ देवदहका संस्थापक अध्यक्ष गोविन्द ठडराईको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।