२०८२ पुष २९

मोबाईलमा प्रयोग हुने १२ लाख बराबरको अबैध सामान बरामद
  • लुम्बिनी खोज
  • २०८२ पुष २८, सोमबार १६:०१ गते

बुटवल २८ पुस ।
रुपन्देही प्रहरीले मोबाईलमा प्रयोग हुने १२ लाख बराबरको अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उप(महानगरपालिका वडा नं ९ ईटाभट्टीबाट ती सामान बरामद गरेको हो ।
वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सडकको किनारामा वेवारिसे अबस्थामा रहेको भारतबाट अबैध रुपमा भन्सार छलि चोरि निकासि गरि ल्याइएको सामान बरामद गरिएको हो । भारतिय नम्बर प्लेटको मोटरसाईकलमा ४ कार्टुन (४ हजार पिस) बिभिन्न मोवाईलमा प्रयोग हुने मोबाईलको प्राईभेसि ग्लास बरामद गरिएको हो । अंदाजी १२ लाख मुल्यका सामान र मोटरसाइकलको मुल्य १ लाख गरी १३ लाख बराबरको सामान आवश्यक कारवाहीको लागी सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जनाएका छन् ।