२०८२ पुष ३०

ठमेलबाट सातजना चिनियाँ पक्राउ
  • लुम्बिनी खोज
  • २०८२ पुष २९, मंगलवार १५:५० गते

काठमाण्डौं २९ पुस ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले सातजना चिनियाँलाई पक्राउ गरेको छ । ठमेलको ज्याठास्थित चिनियाँ नागरिक लिउ पानले सञ्चालन गरेको लिउ पान होटेल एन्ड रेस्टुरेन्टमा छापा हानी सिआइबीले सातजना चिनियाँलाई पक्राउ गरेको हो ।
कल बाइपासको अपराधमा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले जनाएका छन् ।
भिओआइपीमा प्रयोग हुने सामानसहित सिआइबीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।