२०८२ माघ १

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बिजगौरी–बुढ्ढी १४ सय मिटर सडक पक्कीकरण सुरु
  • लुम्बिनी खोज
  • २०८२ माघ १, बिहीबार १२:१० गते

कपिलबस्तु १ माघ ।
बुद्धभूमि नगरपालिकाको गौरवको योजनाका रूपमा समावेश गरिएको जीर्ण बिजगौरी–बुढ्ढी सडक पक्कीकरणको काम सुरु भएसँगै स्थानीय बासिन्दामा उत्साह छाएको छ ।
तौलिहवा–बिजगौरी–बुढ्ढी सडक खण्डअन्तर्गत १४ सय मिटर सडकमा निर्माण कार्य सुरु भएको छ ।
बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले उक्त सडकलाई नगरपालिकाको सबैभन्दा महत्त्वपूर्ण गौरव योजनामध्ये एकका रूपमा अघि बढाइएको बताउँदै यो सडक निर्माणले नगरको आर्थिक, सामाजिक र यातायात विकासमा दीर्घकालीन योगदान पुर्‍याउने उल्लेख गरे ।
डिभिजन सडक कार्यालय कपिलवस्तुअन्तर्गत पहिलो चरणमा दुई करोड २४ लाख रुपैयाँको लागतमा अक्सफाल्ट प्रविधिबाट सडक निर्माण भइरहेको छ । निर्माणको जिम्मा पाएको इन्द्रेणी गंगा जेभीले आगामी असार महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरेको बताएको छ ।
निर्माण कम्पनीका सदस्य थानेश्वर घिमिरेका अनुसार हाल सबबेसको काम लगभग सम्पन्न भइसकेको छ ।