२०८२ माघ २७

आचार संहिता पालना गर्न महासंघको आग्रह
  • लुम्बिनी खोज
  • २०७९ बैशाख २१, बुधबार ११:२४ गते

बुटवल ।
नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकार आचार संहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न आफ्ना सम्पूर्ण सदस्यलाई आहृवान  गरेको छ । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल र सचिब बिनोद परियार हस्तक्षरित विज्ञप्ति मार्फत पत्रकारहरुले निर्बाचन आचार संहिता पुर्ण पालन गर्न आग्रह गरिएको हो । बिज्ञप्तीमा निर्वाचनका बेलामा भावनात्मक, उत्तेजित हुँदै सामाजिक सञ्जालमा टिका टिप्पणी गर्ने, बिषयलाई अतिरञ्जित हुने गरि समाचार सम्प्रेषण गर्ने जस्ता आचार संहिता विपरितको कार्य नगर्दा निर्वाचन पश्चात पनि पत्रकारको रुपमा सम्मान प्राप्त गर्न सकिने स्पष्ट पारेको छ ।
बिज्ञप्ति सहित