२०८२ माघ ९

महिला तथा बालबालिका बिरुद्ध हुने हिसां सम्वोधनका लागि अन्तरक्रिया
  • लुम्बिनी खोज
  • २०८२ माघ ९, शुक्रबार १२:५४ गते

बुटवल,९माघ ।
महिला तथा बालबालिका बिरुद्धहुने हिसां सम्वोधनका लागि पालिका स्तरिय नितिगत पहल सबन्धी अन्तरक्रिया कार्यक्रम तिलोत्तमामा सम्पन्न भएको छ ।
श्रृजसिल समुह र महिला कानुन तथा बिकास संस्था (एफडब्लुएलडी)को आयोजनामा रुपन्देहीका पालिकाका प्रमुख र पत्रकारहरु बिच अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा महिला तथा बालबालिका बिरुद्धहुने हिसा सम्बोधन गर्न स्थानीय सरकारले गरेका नितिगत पहलका बारेमा बक्ताहरुले धारणा राखेका थिए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता सबिन श्रेष्ठले महिला तथा बालबालिका बिरुद्ध हुने हिसांको स्वरुप र कानुनी उपचारको पक्षमा जानकारी गराएका थिए ।
कार्यक्रममा शुद्धोधनगाउपालिकाका अध्यक्ष बिष्णु प्रसाद बश्याल ,कन्चन गाउपालिकाका अध्यक्ष नवराज ढकाल , ओमसतिया गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी , तिलोत्तमा नगरपालिका महिला बालबालिका तथा सामाजिक कल्याण उपसाखा अधिकृत संझना भण्डारी लगायतले बोल्दै आआफनो पालिकामा हिंसामा परेका महिला तथा बालबालिकाहरुको पक्षमा कानुनी पक्ष र ब्याबहारिक पक्षको प्रगतिको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेस उपाध्यक्ष रामप्रसाद आचार्य ,पत्रकार अमृता अनमोल , पत्रकार भगवति पाण्डे लगायतले आफ्नो धारणा राखेका थिए ।