२०८२ माघ १५

लुम्बिनी प्रदेश सभामा दुई विधेयकमाथि सैद्धान्तिक छलफल
  • लुम्बिनी खोज
  • २०८२ माघ १४, बुधबार १६:०४ गते

बुटवल १४ मााघ ।
लुम्बिनी प्रदेश सभामा बुधवार दुई वटा विधेयकमाथिको सैद्धान्तिक छलफल गरिएको छ । प्रदेश सभाको सातौँ अधिवेशनको तेस्रो बैठकमा दलित अधिकारसम्बन्धी विधेयक तथा जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल सकिएको हो ।
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले दलित अधिकारसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ समेत मन्त्री तिमिल्सिनाले दिए । सैद्धान्तिक छलफलमा प्रदेश सभा सदस्य इन्द्रजित थारु, लोककुमारी विश्वकर्मा र विष्णु पन्थीले भाग लिए ।
यस्तै, स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ पनि मन्त्री सारुले दिए । उक्त छलफलमा प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले भाग लिए ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधिका रूपमा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेश गरे ।
त्यसैगरी, महालेखा परीक्षकको प्रतिवेदन २०८२, मुस्लिम आयोगको प्रतिवेदन तथा मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०८१्०८२ को वार्षिक प्रतिवेदन पनि मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधिका रूपमा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सभामा पेश गरे ।
बुधवारको बैठकमा प्रदेश सभा सदस्य यमबहादुर सार्की, रत्नबहादुर खत्री, अम्बिका काफ्ले, मीनाकुमारी श्रेष्ठ, धनलक्ष्मी श्रेष्ठ, इन्द्रजित थारु र भोजप्रसाद श्रेष्ठले समसामयिक विषयमा धारणा राखे ।
प्रदेश सभाको अर्को बैठक माघ २० गते बस्नेछ ।