२०८२ माघ १५

गुल्मी र अर्घाखाँचीमा निःशुल्क शेयर शिक्षा कार्यक्रम हुने
  • लुम्बिनी खोज
  • २०८२ माघ १५, बिहीबार १६:०८ गते

बुटवल १५ माघ ।
शेयर बजारप्रति चासो राख्ने सर्वसाधारण तथा लगानीकर्ताका लागि निःशुल्क शेयर शिक्षा कार्यक्रम गुल्मी र अर्घाखाँचीमा आयोजना हुने भएको छ ।
कलश स्टक मार्केट (ब्रोकर नं. ७४) को समन्वयमा सञ्चालन हुने उक्त कार्यक्रम माघ १६ गते शुक्रबार गुल्मी–तम्घासस्थित गुल्मी उद्योग वाणिज्य संघको सभाहल मा बिहान १० बजे तथा माघ १७ गते शनिबार अर्घाखाँची–सन्धिखर्कस्थित होटल साथी, चुत्रावेशी पुलचोक मा बिहान १० बजे देखि सञ्चालन हुनेछ।
कार्यक्रममा प्राविधिक विश्लेषण विषयमा प्रशिक्षक राजन सुवेदी र शेयर विश्लेषक चिरञ्जीवी पौडेल ले प्रशिक्षण तथा सहजीकरण गर्नेछन्। साथै, कलश स्टक मार्केट ब्रोकर नं. ७४ का तर्फबाट कमल पौडेल समेत कार्यक्रममा सहभागी हुने जनाइएको छ । कलश स्टक मार्केट ब्रोकर नं. ७४ का अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले तल दिइएको Google Register Form मार्फत दर्ता गर्न सक्नेछन्। https://forms.gle/SpY2cw7gkvkFAEgi8 थप जानकारीका लागि ९८५१४०४१०६ (कमल पौडेल) मा सम्पर्क गर्न सकिनेछ।