२०८२ माघ १६
बुटवल १६ माघ ।
शुभयात्रा नेपाल बनकट्टी समिति –तिलोत्तमा १३ रूपन्देहीको प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट संयोजक सीता शर्मा भुषाल, सह संयोजक शोभा गौतम भुषाल ,सचिव टिका कुमारी पाण्डे, सह सचिव राज कुमार यादव, कोषाध्यक्ष गौरी थापा ,सदस्य विकास मवारी, सदस्य दुर्गा कुमारी भुषाल सहित ११ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको छ ।
कार्यक्रममा नारायण प्रसाद ढकालले शुभयात्रा नेपालका कार्य योजनाहरुबारे धारण ब्यक्त गरे
शुभयात्रा नेपालका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले, पञ्चसुत्रीय योजना देवभुमि क्षेत्र (गण्डकी, कर्णाली, कोशी) ७ वटा गौ चरण क्षेत्र, क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र,फोहर मुक्त नेपाल र पर्यटनका पञ्चसुत्रीय योजनामा शुभयात्रा नेपाल केन्द्रीत भएको जानकारी दिए ।
कार्यक्रममा, संस्थाका जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले शुभयात्रा नेपालको जिल्ला स्तरीय कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।
तिलोत्तमा १३ को कार्यालयमा सीता शर्मा भुषालको सभापतित्व र रतन भण्डारीको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तब्य गिता पाण्डेले राखेकी थिइन् । वडा सदस्य सम्झना परियार , वडा बाल मैत्री सहजकर्ता सन्तोशी गुरुङ, कृषि संजाल अध्यक्ष रतन भण्डार ,वडा बिपत संयोजक संजिप रणपाले, विकाश भण्डारी, नर बहादुर पुन, तेज प्रसाद भुषाल, जित प्रसाद कुँवर लगायतको उपस्थिति रहेको थियो ।

