२०८२ माघ २४

नवीनमा कक्षा १२ को दोस्रो त्रैमासिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण
  • लुम्बिनी खोज
  • २०८२ माघ २३, शुक्रबार ११:४२ गते

बुटवल, २३ माघ ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा व्यवस्थापन, विज्ञान, कानुन र शिक्षा समुहमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको दोस्रो त्रैमासिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका शाखा अधिकृत झविलाल वि.क. ले विद्यार्थीहरु आफ्नो लक्ष्यमा पुग्न त्याग र समर्पण आवश्यक हुने बताए । उनले विद्यालयले विद्यार्थीको सर्वपक्षीय विकासको लागि उपयुक्त वातावरण तयार पारेकोमा जोड दिदै विद्यार्थीहरुमा पछिल्लो समय अध्ययन गर्ने वानी विस्तारै कम हुदै गएकोमा चिन्ता व्यक्त गरे । उनले धेरै अभिभावकहरु र विद्यार्थीहरुको विद्यालयमा अध्ययन गर्ने रुची भएता पनि विद्यालयको भौतिक पूर्वाधारको कमीले सबै अभिभावकको चाहना पुरा हुन नसकेको बताए ।
विद्यार्थीहरुलाई लक्ष्यमा पुग्न योजना बनाइ समय सारिणी अनुसार अध्ययन गरेमा सफलता प्राप्त गर्न सकिने र अहिले नैतिकताको खडेरी परेको समयमा यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले नैतिकवान र अनुशासन प्रदर्शन गरेकोमा प्रशंसा व्यक्त गरे ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष एवं विद्यालयका संरक्षक रामचन्द्र क्षेत्रीको अध्यक्षतामा व्यवस्थापन समुह कक्षा ११ की छात्रा सजिता कोइरालाको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले दोस्रो त्रैमासिक परीक्षाको नतिजाको समिक्षा तथा नतिजा प्रकाशन गरेका थिए ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनाल, सहायक प्रधानाध्यापक तथा शिक्षा समुह इन्चार्ज रोमनाथ घिमिरे, व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी लगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा उच्च जिपिए ल्याउने विद्यार्थीहरुलाई नगद र पुरस्कार वितरण गरिएको थियो ।