२०८२ माघ २६
बुटवल २५ माघ ।
शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर १३ को छनौट कार्यक्रम सम्पन्न भएको छ । नगरभित्र बसोबास गर्ने सत्र वटै वडाका मा.वि. तहका विद्यार्थीबीच “असल नेतृत्वमा आधारित” प्रतिस्पर्धा गराउने अभियान अन्तर्गत यो कार्यक्रम भएको संस्थाले जानकारी दिएको छ ।
तालिम सहितको प्रतियोगिता उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १३का वडाध्यक्ष नारायण ढकालले पञ्चसूत्रीय योजना सहित शुभयात्रा नेपालले अंगीकार गरेका बिषयमा आफ्ना धारणा राख्दै वडाका समस्या र सम्भावनाको बिषयमा भएको वक्तृत्वकला प्रतियोगिताको प्रशंसा गरे ।
शुभयात्रा नेपाल बनकट्टी समितिका संयोजक सीता कुमारी शर्मा भुषालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले पञ्चसूत्रीय योजना सँगै अन्य रचनात्मक क्रियाकलापमा संस्था गतिशील भएको बताए । उनले देवभूमिक्षेत्र )गण्डकी, कर्णाली, कोशी) नेपाल, ७ वटाप्रदेशमा एक एक वटा गौ–चरण क्षेत्र, क्यान्सर अस्पताल तथा अनसन्धान केन्द्र, फोहरमुक्त नेपाल र पर्यटनका पञ्चसूत्रीय योजनामा शुभयात्रा नेपाल केन्द्रित भएको जानकारी दिए ।
कार्यक्रममा, संस्थाका जिल्ला अध्यक्ष एवम् जेसीजका अन्तर्राष्ट्रिय सहजकर्ता मुक्तिनाथ गैह्रेले सहभागीलाई प्रतियोगिता प्रशिक्षण समेत दिएका थिए । त्यसैगरी, प्रतियोगिताको प्रस्तुतिपश्चात सबै सहभागीलाई पृष्ठपोषण समेत दिइएको निर्णायक मण्डलका सदस्य वेदप्रसाद न्यौपानेले जानकारी दिए ।
प्रारम्भिक प्रशिक्षण एवम् छनौट प्रतियोगितामा पहिलो हुँदै शान्ती नमुना मा.वि.का प्रकृति पाण्डे नगरस्तरीय अन्तिम प्रतियोगितामा प्रवेश गरेको निर्णायक मण्डलका संयोजक उमापती न्यौपानेले बताए । त्यस्तै, प्रतियोगितामा दोस्रो हुने आषिस पाण्डे र तेस्रो हुने शान्ति नमुना मा.वि.कै बिपिसा ज्ञवाली पुरस्कृत भएको निर्णायक मण्डलका सदस्य केशवराज पन्थले जानकारी दिए ।
तिलोत्तमा १३ को वडा कार्यालयको भवनमा सीता कुमारी शर्मा भुषालको सभापतित्व , समितिका सचिव टीका कुमारी पाण्डेको सञ्चालन र कमला बस्यालको स्वागतमा भएको कार्यक्रममा वडा सचिव हेमा कुमारी बम, वडा सदस्यहरु सम्झना परियार, लिलादेवी छ्न्तेल, राम प्रसाद कुवर, शुभयात्रा नेपाल नगर समितिका संयोजक ईश्वरी प्रसाद पाण्डे , टिकुलीगढ समितिका संयोजक पुनम चौधरी, सह सम्योजक केशरी उपाध्याय , टोल संयोजक होम बहादुर छ्न्तेल ,बाल संजाल सहजकर्ता सन्तोषी गुरुङ ,प्रेम न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
साथै वडानम्बर १५ को कार्यक्रम माघ २७ गते वडा कार्यालयमा हुने नवदुर्गा भवानी समितिका संयोजक उमाशंकर सिंह खड्काले जानकारी दिए ।
