२०८२ माघ २९
बुटवल २८ माघ ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम आज (बुधबार) देखि शुरू भएको छ ।
आज (बुधबार) पहिलो दिन कविता प्रतियोगिता, छात्रतर्फको भलिबल र सांगितीक कुर्ची दौड गरी तीनवटा प्रतियोगिता सम्पन्न भएका छन् । खुला कविता प्रतियोगितामा एम.बी.एस. पहिलो सेमेष्टरका सुस्मिता पराजुली पहिलो र बी.एड. तेस्रो वर्षका नवीन गौतम दोस्रो भएका छन् । त्यसैगरी, बी.बी.एस.का विनिता पराजुली र ज्योशिव उपाध्याय तेस्रो भएको कविता प्रतियोगिता संयोजक माया घिमिरेले जानकारी दिइन् ।
त्यस्तैः सांगितीक कुर्सी दौडतर्फ बी.बी.एस.दोस्रो वर्षका जेसिन्ता वि.क. पहिलो, बी.बी.एस.दोस्रो वर्षकै कृति पौडेल दोस्रो र बी.बी.एस. पहिलो वर्षका पुष्पा गुप्ता तेस्रो भएको अतिरिक्त क्रियाकलाप संयोजक जीवनकुमार पौडेलले बताए ।
यसैगरी, छात्रतर्फको भलिबल प्रतियोगितामा बी.बी.एस. पहिलो वर्ष नेपाली माध्यम समूह पहिलो भएको छ । त्यसैगरी, बी.एड. पहिलो वर्ष समूह दोस्रो भएको सो प्रतियोगिताका संयोजक वेदप्रसाद न्यौपानेले बताए ।

