२०८२ माघ २८

भ्रष्टाचार लोकतन्त्रको सत्रुः प्रदेश प्रमुख घर्तीमगर
  • लुम्बिनी खोज
  • २०८२ माघ २८, बुधबार १६:१६ गते

बुटवल २८ माघ ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णवहादुर घर्तीमगरले भ्रष्टाचार लोकतन्त्रको सत्रु भएको बताएका छन् । उनले भ्रष्टाचारले विकासका स्रोतहरु दुरुप्रयोग गर्ने, नागरिकको विश्वास कमजोर वनाउने, सामाजिक न्यायको मार्ग अवरुद्ध गर्ने भन्दै भ्रष्टाचार नियन्त्रण गर्नु कानुनी दायित्व मात्रै नभई राष्ट्रिय दायित्व तथा कर्तव्य भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले बुधवार गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले सुशासन कायम गरी संघीय लोकतान्त्रिक शासन ब्यवस्थालाई समुन्नत बनाउनु पर्ने बताए । भष्ट्राचार नियन्त्रण गर्न अख्तियारले अनुसन्धान र अभियोजनमा देखा परेका समस्या तथा चुनौतीहरु समाधान गर्न वैज्ञानिक अनुसन्धान प्रणालीको विकास गरी वास्तविक निष्पक्ष र वस्तुनिष्ट अभियोजन मार्फत भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन गर्नुपर्ने देखिन्छ, प्रदेश प्रमुख मगरले भने । उनले भ्रष्टाचार नियन्त्रणमा आयोगका अतिरिक्त सरकारका सबै अंग, तीन तहका सरकारसहित सबैको साझा दायित्व तथा जिम्मेवारी रहेकोमा पनि जोड दिए ।
कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले हुनैपर्ने कामहरू पनि अख्तियारलाई देखाएर पन्छ्याउने प्रयास भइरहेको र त्यसको मार प्रदेश सरकार परिरहेको बताए । मुख्यमन्त्री आचार्यले आयोगले पठाएको २१ बुँदे निर्देशनका कारण कतिपय गर्नैपर्ने काममा बाधा उत्पन्न भएको बताए ।
मुख्यमन्त्री आचार्यले कतिपय गर्नैपर्ने काम पनि अख्तियारको सिरान हालेर नगर्ने प्रवृत्ति बढ्दै गएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले ंिघीयतालाई आर्थिक दृष्टिबाट मात्रै बुझ्न नहुनेमा जोड दिए । संघीयताले गराएको परिवर्तनलाई ख्याल गर्नुपर्ने धारणा राख्दै उनले संघबाट कानुन नवन्दाको दाषी पनि प्रदेश बन्नुपर्ने अवस्था सिर्जना भएको धारणा समेत राखे ।
कार्यक्रममा जिल्ला समन्व समिति रुपन्देहीका प्रमुख उमकान्त चपाई, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले अख्तियार स्थापना दिवस तथा आ आफ्ना क्षेत्रका कामका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा अख्तियार बुटवल कार्यालय प्रमुख सहसचिव बिनिता भट्टराईले प्रतिवेदन प्रस्तुत गर्दै कार्यालयमा भुमि तथा वन, कृषि पशु क्षेत्रको अनुदान कार्यक्रम, प्राकृतिक स्रोत साधनको उपयोग, आयोजना निर्माण तथा खरिद, उपभोक्ता समितिका काम, शिक्षा क्षेत्रमा निर्माण र खरिद, स्वास्थ्य क्षेत्रमा औषधी तथा उपकरण खरिदसग सम्बन्धित उजुरीहरु धेरै पर्ने गरेको बताइन् । उनले आर्थिक वर्ष ०८१।०८२ मा लुम्बिनी प्रदेशमा ४ हजार ४ सय २८ उजुरी रहेका थिए । बुटवल कार्यालयमा सो आर्थिक वर्षमा १ हजार ८ सय ५३ उजुरी रहेकोमा १ हजार ६ सय ९ अर्थात ८६ दशमलव ३६ प्रतिशत फछर्यैंट भएका थिए । चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा १ हजार १ सय ८८ उजुरी यस कार्यालयमा परेको कार्यालय प्रमुख भट्टराईले बताइन् । उनले यी मध्ये ५ सय ४५ उजुरी फछर्यैंट गरिएको छ । त्यस्तै बुटवल कार्यालयबाट विस्तृत अनुसन्धानमा रहेका १०४ वटा उजुरी मध्ये ३७ वटा फछर्यौट भएका छन् ।