२०८२ फाल्गुन ४

बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन ३, आईतवार १५:४२ गते

बुटवल ३ फागुन ।
नेपाल आयल निगमले आइतबार रातीबाट लागू हुने गरी पेट्रोल १ रुपैयाँ र डिजेल तथा मट्टितेल समान ३ रुपैयाँ प्रतिलिटर मूल्य बढाएको छ । मूल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ५७ र डिजेल तथा मट्टितेल १ सय ४२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
आइतबार दिउँसो इण्डियन आयल कर्पोरेसनबाट नयाँ मूल्य आउँदा पेट्रोल १.५१ रुपैयाँ र डिजेल ५.०२ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरेको निगमले जनाएको छ । आइओसीले प्रत्येक १५ दिनमा नयाँ मुल्यसूची पठाउने गरेको छ । त्यसकै आधारमा निगमले नेपाली बजारमा मूल्य निर्धारण गर्दै आएको छ ।