२०८२ फाल्गुन ५
बुटवल ४ फागुन ।
आफ्नो वार्षिक कार्यतालिका अन्तरगत रुपन्देही व्यापार संघले संघमा आबद्ध विभिन्न प्रकृतिका व्यवसाय सञ्चालन गर्ने व्यवसायी सदस्यहरुलाई गोलबन्द गर्ने लक्ष्य अनुसार वस्तुगत भेलालाई तिब्रता दिएको छ । यसैक्रममा सोमबार संघमा आवद्ध होजियारी व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ । होजियारी व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागि भएको भेलाले पुरानो समिति पुर्नगठन गर्दै पुनः बाबुराम पाण्डेयको संयोजकत्वमा ९ सदस्यीय होजियारी वस्तुगत उपसमिति गठन गरेको छ ।
जसमा सह–संयोजकमा वसन्त गैरे, सचिवमा भिमलाल पौडेल, कोषाध्यक्षमा मदन घिमिरे, सह–सचिवमा तुल्सीराम गैरे रहनुभएको छ भने सदस्यहरुमा गौतम गैरे, धु्रव पाण्डे, नारायण पौडेल, छवि पाण्डे र सल्लाहकारहरुमा अर्जुनप्रसाद भट्टराई, मुक्तिप्रसाद भण्डारी, गोकर्णराज पाण्डेय, सुरेन्द्रराज ज्ञवाली रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष प्रकाश ढकालले व्यवसायमा देखापरेका समस्याको समाधानका लागि व्यवसायीक संघसंस्थाहरुको अहम भूमिका हुने हुदा त्यसलाई बलियो बनाउन व्यवसायीहरु सक्रिय हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा संघका सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक नलराज नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने नवनिर्वाचित संयोजक बाबुराम पाण्डेयले आफ्नो कार्यकालमा रचनात्मक क्रियाकलापहरु साथै व्यावसायिक गतिविधिहरुमार्फत् संघलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
भेलामा संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारी, महासचिव प्रकाशराज पौडेल, कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, कार्यसमिति सदस्य सरोज ज्ञवालीलगायतले व्यवसायमा विभिन्न कारणले समस्याहरु बढ्दै गएको उल्लेख गर्दै होजियारी क्षेत्रका व्यवसायीहरुले आफ्ना समस्याहरु वस्तुगत उपसमितिमार्फत संघमा ल्याउन सुझाव दिए ।
भेलामा बोल्ने वक्ताहरुले पछिल्लो समयमा व्यवसायमा आएको मन्दीले व्यवसायीहरुलाई आफ्नो व्यवसायबाट पलायन हुने अवस्था सिर्जना भएको गुनासो गरेका थिए । कार्यक्रम होजियारी वस्तुगत उपसमितिका संयोजक बाबुराम पाण्डेयको अध्यक्षता र सचिव भिमलाल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
