२०८२ फाल्गुन ४

लुम्बिनी प्रादेशिक अस्पतालमा कविता बाचन प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन ४, सोमबार १२:५५ गते

बुटवल ४ फागुन ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सोमबार कविता बाचन प्रतियोगिता सम्पन्न भएको छ । अस्पतालको ११५ औँ वार्षिकोत्सवको सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत कविता बाचन प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा सुनिता अर्याल पहिलो भएकी छन् भन् विजय आचार्य दोस्रो तथा रुपलाल पन्थी तृतीय हुन सफल भएको कार्यक्रम संयोजक डा. ज्ञानहरी मरासिनीले जानकारी दिए । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबीच कविता बाचन प्रतियोगिता भएको हो । कार्यक्रममा निर्णायकको भूमिकामा रहेका डा नारायणप्रसाद पन्त तथा साहित्यकार दलबहादुर गुरुङले साहित्यको माध्यमबाट वार्षिकोत्सव मनाउन लागिएकोमा खुसी व्यक्त गरे ।
अस्पतालले हरेक वर्ष फागुन १५ गते मनाउँदै आएको वार्षिकोत्सव अन्तरगत यस वर्ष पनि विभिन्न अतिरिक्त क्रियाकलापसहित सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको हो । अस्पतालका बीमा शाखा प्रमुख दिपेन्द्र पौडेलको सञ्चालनमा सोमबारको कार्यक्रम सम्पन्न भएको हो । चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स तथा कर्मचारीहरुसहित करिब ९ सय जना कार्यरत रहेको लुम्बिनी प्रदेशकै ठूलो यस अस्पतालमा वार्षिक साढे ३ लाख बढीले स्वास्थ्य सेवा लिने गर्दछन् । वार्षिकोत्सवको अवसरमा कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान, अभिमुखिकरण, रक्तदान तथा फलफूल वितरण, सरसफाई तथा सचेतना कार्यक्रमका साथै स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण भलिबल, फुटबल, ब्याटमिन्टन, म्याराथन लगायतका प्रतियोगिताहरु आयोजना गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिए ।