२०८२ फाल्गुन ५

निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन ५, मंगलवार १३:५६ गते

रासस ६५ औं स्थापना दिवशः

बुटवल ५ फागुन ।
राष्ट्रिय समाचार समिति(रासस) को ६५ औं बार्षिकोत्सवका अवसरमा आसन्न प्रतिनिधिसभा निर्वाचन लाई केन्द्रीत गरि निर्वाचन आचारसंहिता र सञ्चार बिषयक अन्तरक्रिया कार्यक्रम मंगलवार बुटवलमा सम्पन्न भएको छ ।
रासस लुम्बिनी प्रदेश कार्यालय बुटवल द्धारा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताले आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका विषयमा चर्चा गरे । उनीहरुले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने पनि बताए । त्यस्तै उनीहरुले आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
कार्यक्रममा प्रतिनिधि सभा निर्वाचन रुपन्देही निर्वाचन क्षेत्र न. २, का निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले निर्वाचन आचारसंहिता र सञ्चार बिषयमा कार्यपत्र प्रस्तुत गर्दैै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने सबैको जिम्मेवारी र कर्तव्य रहेको बताए । उनले टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाइन सञ्चारमाध्यमको प्रयोग गरि प्रचारप्रसार गर्दा आचारसंहिताले तोकेको मापदण्ड पुर्णरुपले पालना गर्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिका पुर्व अध्यक्ष बालकृष्ण चापागाईले रासस राज्यको लगानीमा सञ्चालित सञ्चार माध्यम भएपनि यसको निष्पक्षता र बिश्वसनियताका कारण यसको महत्व बढदै गएको बताए ।
राष्ट्रिय समाचार समिति(रासस) लुम्बिनी प्रदेश कार्यालय प्रमुख भरत केसीले कार्यक्रम बारे जानकारी दिदै राससलेले पनि निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घको आचारसंहिताको अनुशरण गरेर संस्थाले आफ्ना पत्रकार तथा कर्मचारीका लागि अलग्गै आचारसंहिता बनाएर कार्यान्वयन गरेको जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंङ्घका केन्द्रीय सदस्य रामराज पोखरेल, नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, पत्रकार छाया पन्तलगायतले निर्वाचन तथा आचारसंहिताका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा लुम्बिनी बौद्ध बिश्वबिद्यालय बिएएलएलबी सातौ सेमेष्टरमा अध्ययनरत बिद्यार्थी प्रमिशा घिंमिरे नमिता गैरे, बुटवल स्थित कालिका–मानव ज्ञान माध्यमिक बिद्यालय कक्षा ११ कानून बिषय अध्ययनरत सदिक्षा थापा, निश्चल भट्टराइलगायतले जिज्ञाशा राखेका थिए ।