२०८२ फाल्गुन ११

कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छुः चुन्नप्रसाद
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन १०, आईतवार १५:०५ गते

बुटवल, १० फागुन ।
रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेलले घरदैलो अभियानको छैटौँ दिन पनि मतदातासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिएका छन् ।छैटौँ दिनको अभियान बिहान बुटवल उपमहानगरपालिका–९ अन्तर्गत नेपालगन्ज रोडको कालिका मन्दिरबाट सुरु भएको थियो । त्यहाँबाट कालिकापथका विभिन्न टोल, मिलनचोक, तिनकुने चोक हुँदै कालिकापथ शिवालयसम्म पुगेर उनले मतदातासँग भेटघाट गरे ।स्थानीयले विशेषगरी कालिकापथ क्षेत्रमा रात्रीकालीन बजार व्यवस्थित गर्नुपर्ने, खानेपानीको समस्या समाधान गर्नुपर्ने तथा सुरक्षित र सहज व्यापारिक वातावरण बनाउनुपर्ने माग अघि सारेका थिए । व्यवसायीहरूले बजार व्यवस्थापन, सडक बत्ती र सुरक्षामा ध्यान दिन आग्रह गरेका थिए ।उम्मेदवार शर्माले कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता दोहो¥याउँदै आवश्यक पूर्वाधार सुधारमा पहल गर्ने बताए । छैटौँ दिनसम्म आइपुग्दा जनताको उत्साहले अझ जिम्मेवारी बढाएको छ उनले भने ।अभियानमा नेपाली काङ्ग्रेसकी समानुपातिक उम्मेदवार रिता सेन ओलिले जनताको घरदैलोमा पुगेर सुझाव लिनु नै लोकतन्त्रको सुन्दर अभ्यास भएको बताइन् । समानुपातिक प्रणालीमार्फत समावेशी आवाज संसदमा पु¥याउने हाम्रो दायित्व हो ओलीले भनिन् ।त्यसैगरी दिउँसो १ बजेपछि अभियान बुटवल उपमहानगरपालिका–११ तर्फ मोडिएको थियो ।कालिकानगर सर्भिस लेनबाट सुरु भएको घरदैलो होराइजन चोक, योगीकुटी, माझगाउँ, देवीनगर हुँदै तल्लो देवीनगरसम्म पुगेको थियो । वडा नं. ११ का बासिन्दाले सडक स्तरोन्नति, ढल निकास, खानेपानी र सहरी पूर्वाधार सुधारको माग राखेका थिए । उम्मेदवारहरूले स्थानीय तहसँग समन्वय गरी चरणबद्ध रूपमा समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।कार्यक्रममा स्थानीय नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
जेनजी युवा तथा विद्यार्थी भेलामा उल्लेख्य सहभागिताले कांग्रेसमा उत्साह
बुटवल,१० फागुन ।
बुटवलमा आयोजित जेनजी युवा तथा विद्यार्थी भेलामा उल्लेख्य सहभागिता देखिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक तथा पूर्व राष्ट्रपति डा.रामवरण यादवका सल्लाहकार हरी शर्माले अहिलेको राजनीतिक सन्दर्भमा “भिड र भिजन छुट्याउन सक्नुपर्ने” आवश्यकता औंल्याए । उनले भने, “नेतृत्व केवल भीड देखाएर स्थापित हुँदैन, स्पष्ट योजना, नीतिगत स्पष्टता र कार्यान्वयनको क्षमता चाहिन्छ । त्यो आधारमा नेपाली कांग्रेस स्पष्ट भिजनसहित अघि बढिरहेको छ।” उनले विशेषगरी युवामैत्री नीति, रोजगारी सिर्जना, शिक्षा सुधार, उद्यमशीलता प्रवद्र्धन र सुशासनका सवालमा कांग्रेसको प्रतिज्ञापत्र कार्यान्वयन गर्न सकिने र प्रभावकारी रहेको बताए । “कागजमा मात्र होइन, व्यवहारमा कार्यान्वयन गर्न सकिने कार्यक्रम कांग्रेसले अघि सारेको छ,” शर्माको भनाइ थियो । भेलामा चुन्न प्रसाद पौडेलको उम्मेदवारीलाई बलियो रूपमा समर्थन गरिएको थियो ।
रुपन्देही क्षेत्र नम्बर २ को समग्र विकास, पूर्वाधार विस्तार, युवालाई स्वदेशमै अवसर र दीगो आर्थिक योजनाका लागि पौडेललाई विजयी गराउनुपर्ने धारणा राखेका थिए । युवा तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थितिले परिवर्तनको चाहना र नीतिगत बहसप्रति चासो बढेको संकेत दिएको सहभागीहरूको भनाइ थियो । कार्यक्रमका वक्ताहरूले भावनात्मक नाराभन्दा तथ्य र योजनामा आधारित राजनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । भेलाको समापनमा कांग्रेसको प्रतिज्ञापत्रलाई घरघरमा पु¥याउने र युवालाई सक्रिय रूपमा राजनीतिक प्रक्रियामा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रममा युवा पुस्ताको उत्साहजनक उपस्थितिले चुनावी माहोल थप तातेको हो ।सो अवसरमा अन्य पार्टी छाडेर नेपाली कांग्रेसमा युवाहरु प्रवेश गरेका छन् ।

चालीस बर्ष मुनिका १५० जना युवा कांग्रेसमा प्रवेश
बुटवल,
निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली बुटवलका १५० युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।आइतबार नेपाली कांग्रेसका ४० बर्ष मुनिका युवा भेलामा १५० जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।नव प्रवेशीहरूलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले पार्टीमा स्वागत गरेका हुन् । सो अवसरमा बोल्दै रानाले २०४८ सालभन्दा अघि टेलिफोन समेत नभएको अवस्थामा कांग्रेस नेतृत्वको सरकारले ल्याएको संचार नीतिका कारण अहिले हातहातमा मोबाइल, भौतिक पुर्वाधार विकास, शिक्षा नीति स्वास्थ्य नीतिका कारण विकास निर्माणले गति लिएको बताए । सो अवसरमा युवा नेता सुनिल शर्माले जेनजी आन्दोलन भ्रष्टाचारको अन्त्य र नेताहरूको अस्वभाविक रहनसहन बिरूद्व रहेको बताए । उनले सामाजिक सञ्चाल मार्फत सेलिब्रेटी भएर मात्रै देश चलाउन नसकिने बताए । देश रेश र्याप,उखान टुक्काले देश नचल्ने र भिजन चाहिने बताए ।
कार्यक्रममा अध्यक्ष विजय गुरूङ, प्रशिक्षण विभाग सदस्य सचिव बालकृष्ण पौडेल, प्रदेश प्रतिनिधि नरेश कुमार पुन,बिद्यार्थी नेता सुदिप शर्मा,,नेविसंघ केन्द्रीय सदस्य अशोक गौतम, राजु रास्के लगायतले बोल्दै जेनजी आन्दोलनपछि परिवर्तन भएको दल नेपाली कांग्रेस मात्रै भएको बताए । कार्यक्रममा चालीस बर्ष मुनिका १५० जना युवा कांग्रेसमा प्रवेश गरेका छन् ।