२०८२ फाल्गुन १२

‘एक घर–एक रोजगारी’ अभियानलाई घोषणापत्रमा राख्ने चुन्नले दिएका छन् ५ हजार भन्दा धेरैलाई रोजगार
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन ११, सोमबार ११:०२ गते

बुटवल, ११ माघ ।
अहिले नेपालमा युवा राख्न नसक्नुको मूख्य कारण नै बेरोजगारी हो । तर यो भनिरहँदा यहाँका केही सामाजिक ब्यत्तित्वहरुले हजारौँ नागरिकलाई प्रत्यक्ष रोजगारी दिनेगरि आफ्ना प्रतिष्ठानहरु सञ्चालन गरिरहेका छन् । उनीमध्ये एक हुन् व्यवसायी चुन्न प्रसाद शर्मा पौडेल ।
नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेल उद्योग, व्यापार र सेवामूलक क्षेत्रमा लामो अनुभव भएका व्यवसायी नेताका रूपमा परिचित छन् । उनका स्वामित्व तथा व्यवस्थापनमा सञ्चालनमा रहेका उद्योग, अस्पताल र होटलहरूबाट हालसम्म ५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बताईएको छ ।
आफ्ना करिव आधा दर्जन ठुला व्यवसायिक प्रतिष्ठानबाट ५ हजार बढिलाई प्रत्यक्ष रोजगारी दिएको दाबी पौडेलको छ । उनले व्यवसायीक प्रष्ठिानका साथै बजारीकरण(मार्केटिङ) लगायतका क्षेत्रमा पनि थप धेरैले रोजगारी पाएको उनी बताउँछन् । यही व्यावहारिक अनुभवलाई आधार बनाउँदै पौडेलले आफ्नो चुनावी घोषणापत्रमा ‘एक घर–एक रोजगारी’ अभियानलाई विशेष प्राथमिकतामा राखेका छन ्।
पौडेलका उद्योगहरू रुपन्देही र कपिलवस्तुमा फैलिएका छन ्। यशोदा फुट्समा सबैभन्दा धेरै कर्मचारीहरु कार्यरत रहेका छन् । रुपन्देहीको बुटवल र कपिलबस्तुमा रहेका दुई युनिटमा २ हजार बढि कर्मचारीहरु कार्यरत रहेको पौडेलले बताए । उनले दुई सिफ्टमा काम गर्ने कर्मचारीहरु रहेको बताउँदै स्थानीयहरुलाई पहिलो प्राथमिकतामा राखेर अवसर दिएको पनि बताए ।
बुटवलको औद्योगिक क्षेत्रमा रहेको त्रिमूर्ति इन्डस्ट्रिजले मसला उत्पादन गर्दै आएको छ । यहाँ उद्योगममा काम गर्ने तथा अफिस संरचनामार्फत व्यवस्थापन र मार्केटिङमा समेत १ हजार सेरोफेरोमा कर्मचारीहरू रहेको उनी बताउँछन् ।
रुपन्देही तिलोत्तमा नगरपालिकामा रहेको सोना प्याकेजिङले चाउचाउका र्यापर उत्पादन गर्छ भने सोना मल्टिलेयरबाट प्लास्टिकको दाना उत्पादन हुँदै आएको छ । यी दुई क्षेत्रमा पनि ८ सय बढि कर्मचारीहरु कार्यरत रहेको रुपन्देही २ मा नेपाली कांग्रेसका उम्मेद्वार समेत रहेका चुन्न प्रसाद शर्मा पौडेल बताउँछन् ।
यस्तै बुटवलको नयाँगाउँस्थित करेन्ट मसलाले पनि स्थानीय रोजगारीलाई टेवा पुर्याएको छ । यसमा ३ सय बढिले रोजगारी पाएका छन्। यी उद्योगमध्ये प्याकेजिङ र चाउचाउसम्बन्धी उद्योगहरूमा दिउसो र राती गरी दुई शिफ्ट सञ्चालन हुने भएकाले रोजगारीको अवसर झन् फराकिलो बनेको छ ।
बुटवल अस्पताल मार्फत विपन्नलाई छुट
उनले उद्योग मात्रै नभई स्वास्थ्य तथा पर्यटन क्षेत्रमा पनि लगानी गरेका छन् । बुटवलमा नीजि क्षेत्रको सबैभन्दा ठुलो १ सय शैया क्षमताको बुटवल हस्पिटल प्रालि सञ्चालनमा रहेको छ । यहाँ ६ सय सेरोफेरोमा कर्मचारीहरु कार्यरत रहेका छन् । विशेषज्ञ चिकित्सकहरु , मेडिकल अफिसर, नर्स, प्राविधिक, सहायक, सुरक्षाकर्मी लगायत रहेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा गरिब, बिपन्न लगायतलाई स्वास्थ्य सेवामा अत्याधिक छुट समेत प्रदान गर्दै आएको बताउँदै अवस्था हेरेर निशुल्क उपचारको समेत प्रवन्ध गर्दै आएको छ । अस्पतालका अध्यक्ष समेत रहेका उम्मेद्वार चुन्न प्रसाद शर्मा पौडेलको निर्देशनमा यस क्षेत्रका गरिव बिपन्नलाई उपचारमा सहुलियत समेत प्रदान गरिएको छ ।
यस्तै बुटवलको पहिलो पाँचतारे होटल ह्यात प्यालेसमा पनि पौडेलको लगानी रहेको छ । यहाँ ३ सय बढि स्थानीयलाई रोजगारी दिएका छन् भने केही प्राविधिकहरु भने बाहिरबाट ल्याएर समेत काम भईरहेको छ ।
उद्योग बाहेक अफिस, मार्केटिङ, बिक्री–वितरण र व्यवस्थापनमा छुट्टै कर्मचारी संरचना रहेकोले प्रत्यक्ष मात्र नभई अप्रत्यक्ष रोजगारीसमेत सिर्जना भएको छ।

घोषणापत्र रोजगारी सिर्जनामा केन्द्रित
पौडेलको घोषणापत्रमा युवालाई डिजिटल प्रविधिमा प्रवेश गराई रोजगारयुक्त बनाउने स्पष्ट खाका प्रस्तुत गरिएको छ । उद्योग, व्यापार र व्यवसायिक क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्दै लगानीमैत्री वातावरण बनाउने, पारदर्शी कर प्रणाली र विश्वासिलो कानुनी प्रबन्धमार्फत रोजगारी सिर्जनालाई दिगो बनाउने उनको प्रतिबद्धता छ ।
कृषिलाई प्राथमिकतामा राख्दै आत्मनिर्भरता र स्वरोजगारतर्फ उन्मुख गराउने नीति पनि घोषणापत्रको प्रमुख अंश हो। कृषि तथा पशुपन्छी व्यवसाय केन्द्र स्थापना, बाली पकेट क्षेत्र निर्धारण, अनुदान, सरल कृषि ऋण, उत्पादन बिक्री केन्द्र, उपकरण, बिउ–मल र औषधिको सहज उपलब्धता तथा कृषि–पशु बीमाको समुचित प्रबन्धमार्फत किसानलाई प्रोत्साहन गर्ने योजना उनले अघि सारेका छन् । यसले पुराना कृषकलाई थप हौसला दिने र नयाँ पुस्तालाई कृषितर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

‘एक घर–एक रोजगारी’ अभियान


घोषणापत्रको सबैभन्दा महत्वाकांक्षी कार्यक्रमका रूपमा ‘एक घर–एक रोजगारी’ अभियान अघि सारिएको छ । बेरोजगार युवा–युवतीलाई लक्षित गरी उद्योग स्थापना गर्ने, उद्योगपतिलाई रोजगारी सिर्जनामा प्रोत्साहन गर्ने र स्थानीय स्तरमै काम पाउने वातावरण बनाउने उनको योजना छ । “म आफैं उद्योग चलाएर हजारौंलाई रोजगारी दिएको अनुभव बोकेको व्यक्ति हुँ, यही अनुभवलाई नीतिमा रूपान्तरण गर्न चाहन्छु,” पौडेलले घरदैलोको क्रममा भन्दै आएका छन् ।
उद्योग, स्वास्थ्य, पर्यटन र सेवा क्षेत्रमा प्रत्यक्ष अनुभव बोकेका पौडेलले घोषणापत्र कागजी आश्वासन मात्र नभई व्यवहारमा उतार्न सकिने कार्यक्रमहरूको खाका रहेको बताउँदै आएका छन् । ५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको आफ्नो अनुभवलाई राज्य नीतिसँग जोड्दै ‘एक घर–एक रोजगारी’ अभियान सफल बनाउने उनको संकल्पले रुपन्देही–२ का मतदातामाझ चर्चा पाएको छ।

औद्योगिक पूर्वाधार र प्राविधिक शिक्षा
बुटवल औद्योगिक क्षेत्रको विस्तार र मोतिपुर औद्योगिक क्षेत्रको शीघ्र सञ्चालनका लागि पहल गर्ने प्रतिवद्धता पनि घोषणापत्रमा छ । साथै, बिटिआईलाई इन्जिनियरिङ कलेजको रूपमा रूपान्तरण गर्दै बुटवल अटो भिलेजमा इन्जिनियरिङ कलेज स्थापना गरी प्राविधिक तथा दक्ष जनशक्ति उत्पादन गर्ने योजना अघि सारिएको छ । यसले उद्योगलाई चाहिने दक्ष श्रमशक्ति उपलब्ध गराउँदै रोजगारी सिर्जनामा थप योगदान पु¥याउने विश्वास गरिएको छ ।