२०८२ फाल्गुन २३

अर्घाखाँचीमा रास्वपाका हरिप्रसाद भुसाल विजयी
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन २३, शनिबार ११:०९ गते

अर्घाखाँची २३ फागुन ।
अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरिप्रसाद भुसाल प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनले ३५ हजार २३ मत प्राप्त गरी निर्वाचित भए ।
यसैगरी एमालेका उम्मेदवार पिताम्बर भुसालले २२ हजार ६४९ मत प्राप्त गरका छन् । कांग्रेस उम्मेदवार विष्णु प्रसाद खनाल (मुस्कान)ले १८ हजार ९८३ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर चौहानले ३ हजार ८४७ मत ल्याए । राष्ट्रिय जनमोर्चाका उम्मेदवार पशुपति ढकालले १ हजार ८०९ मत प्राप्त गरेका छन् । यस्तै नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०का उम्मेदवार खिम बहादुर घर्ती मगरले ४५९ मत ल्याएका छन् ।