२०८२ चैत्र ५

गुल्मी समाज पोर्चुगलको अध्यक्षमा खरेल र महासचिवमा सापकोटा
  • लुम्बिनी खोज
  • २०८२ चैत्र ४, बुधबार १५:३९ गते

युरोप ।
गुल्मी समाज पोर्चुगलको अध्यक्षमा कलस खरेल र महासचिवमा विष्णु सापकोटा चयन भइका छन् ।
पोर्चुगलको लिप्सनमा सम्पन भएको गुल्मी समाज पोर्चुगलको तेस्रो अधिवेशनबाट अध्यक्ष कलस खरेल लगायत को टिम निर्वाचित भएको हो । समाजका अध्यक्ष कलस खरेलले लामो समय देखि सामाजिक कार्य मार्फत गुल्मी बासी समुदाय लाई सहयोग गर्दै आएका छन् ।
गुल्मी जिल्ला चन्द्रकोट वडा नम्बर एक निवासी महासचिव सापकोटा बिगत लामो समय देखि सामाजिक कार्यमा सकृय छन्। आगामी दिनमा गुल्मी जन्म घर भइ पोर्चुगलमा बसोबास गर्दै आएका सम्पुर्ण गुल्मेलि नेपाली हरुको हक हितमा काम गर्ने बताउदै महासचिव सापकोटाले सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
२५ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नरेन्द्र गिरी निर्वाचित भएका छन् । उपाध्यक्षहरूको जिम्मेवारी बल रायमाझी, सुमन खनाल, मेघराज आचार्य र मनिषा अर्याल भण्डारीले पाएका छन् ।
संस्थाको प्रशासनिक नेतृत्व सम्हाल्ने गरी महासचिवमा सापकोटा चयन भएका हुन् । त्यस्तै, सचिव पदमा भेषराज भण्डारी र प्रदीप खनाल निर्वाचित भएका छन् । आर्थिक विभागको जिम्मेवारी अन्तर्गत कोषाध्यक्षमा मुकुन्द गैरे र सह–कोषाध्यक्षमा रामहरि गिरी रहेका छन् ।
कार्यसमितिको सदस्यहरूमा खिमानन्द खराल, दिनेश सिंह ठकुरी, कुल बहादुर गुरुङ, प्रभास घर्ती मगर, नेत्र अर्याल, कमल अर्याल, राजीव थापा, सृजन के.सी., चुरा बहादुर रायमाझी, बाबुराम सापकोटा, साबित्रा खराल, कृष्ण लामिछाने, कृष्ण सापकोटा र लीलाधर सापकोटा रहेका छन् ।