२०८२ चैत्र ६

लागु औषध सहित ३ पक्राउ
  • लुम्बिनी खोज
  • २०८२ चैत्र ६, शुक्रबार १४:२५ गते

बुटवल ६ चैत ।
रुपन्देहीमा लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दका अनुसार सिद्धार्थनगरबाट तीन जनालाई पक्राउ गरिएको हो ।
सिद्धार्थनगर नगरपालिका वडा नं.१ डण्डाबाट सशस्त्र प्रहरी सुरक्षा गुल्म डण्डा, इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट तालिमप्राप्त कुकुरसहितको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा लागु औषधसहित तीन जनालाई पक्राउ गरेको हो ।
उनीहरुबाट विभिन्न नामका लागु औषध बरामद गरिएको छ । त्यस्तै विभिन्न कम्पनीका मोवाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई रुपन्देही जिल्ला अदालतबाट ५ दिन म्याद थप भएको छ । प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।