२०८२ चैत्र ८
बुटवल ७ चैत ।
गुल्मी जैसीथोक रुपन्देही सम्पर्क समाजको पाचौ साधारण सभा तथा तेस्रो अधिबेसनबाट अध्यक्ष पदमा पुन राजेन्द्र कुवर निर्बाचित भएका छन ।
समाजको सनिबार बुटवलमा सम्पन्न अधिबेशनले उपाध्यक्षमा प्रकास खनाल,सचिबमा दीपक पोखरेल, कोषाध्यक्षमा राजेन्द्र पोख्रेल ,सहसचिवमा नरेश पोखरेल र सह कोषाध्यक्षमा प्रकाश पोखरेल निबिरोध निर्बाचित भएको निर्बाचन मण्डल संयोजक नारायण पोखरेलले जानकारी दिए ।
त्यस्तै सदस्यहरुमा राम प्रसाद पोखरेल, यदुमणी पोखरेल, भरत पाण्डे ,कमल भण्डारी, बिष्णु खनाल ,बिष्णुप्रसाद घिमिरे, टंक प्रसाद पोखरेल,दिनेश पोखरेल ,राजेश बिक प्रकाशचन्द्र घिमिरे र कमला शर्मा कुवर चयन भएका छन ।

अधिबेशन अघि साधारण सभा कार्यक्रममा बोल्दै धुर्कोट गाउपालिकाका अध्यक्ष भुपाल पोखरेलले बिकास निर्माण र फराकिला सडक सञ्जालका कारण जैसीथोक र बुटवल, रुपन्देहको दुरी घटेको बताउदै हरेक दृष्टीकोणबाट गाउ पहिलाको अबस्थामा नरहेको तर्क गरेका थिए । उनले सडक पुर्बाधार, स्बास्थ्य शिक्षा, कृर्षि क्षेत्रमा गाउमा बिकासले फडको मारेको बताए । गुल्मी जैसीथोक रुपन्देही सम्पर्क समाजले सूरुबात देखिनै आजसम्म आइपुग्दा सम्पन्न गरेका सामाजिक उत्तरदाहित्य बिषयमा आफु जानकार रहेको बताउदै समाजसंग हातेमालो गर्न तयार रहेको बताएका थिए ।
कार्यक्रमा गुल्मीको जैसीथोक जन्मथलो भई रुपन्देही आसपासमा बसोबास गर्नेहरुका बिच आपसी भाईचाराको सबन्ध स्थापित गर्ने जन्म थलो जैसीथोक लक्षित सामाजिक उत्तरदाहित्य बहन गर्ने उदेश्यले २०७४ सालमा समाज गठन गरीएको अध्यक्ष राजेन्द्र कुवरले जानकारी दिए ।
कार्यक्रममा गूल्मीदरबार गाउपालिकाका लेखा अधिकृत तेजेन्द्र थापा मगर ,कोरापानी बचतसमुहको अध्यक्ष यदुमणी पोखरेल लयायतले आफनो भनाई राखेका थिए ।
कार्यक्रमा अध्यक्षको प्रतिबेदन राजेन्द्र कुवरले प्रस्तुत गरेका थिए । भने नारायण पोखरेलले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए । स्बागत मनतब्य प्रकाश खनालले र कार्यक्रमको सञ्चालन दीपक पोखरेलले गरेका थिए ।