२०८२ चैत्र १०
रुपन्देही ९ चैत ।
राममणि बहुमुखी क्याम्पसको आयोजनामा तिलोत्तमा–१४ स्थित टिकुलीगढ माध्यमिक विद्यालय प्राङ्गणमा एक दिवसिय निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
“स्वस्थ मुख महाअभियान २०८२÷०८३” अन्तर्गत आधुनिक समाज डेण्डल केयर प्रा.लि.को सहयोगमा कार्यक्रम सञ्चालन गरिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेले जानकारी दिए । क्याम्पसको स्वास्थ्य तथा वातावरण एकाईका अध्यक्ष विन्दु आचार्यको अध्यक्षतामा एवम् तिलोत्तमा –१४ का वडाध्यक्ष आश्विन पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
डा. गरिमा बस्याल, शिक्षा न्यौपाने, नवीन पराजुली, सागर सापकोटा, गंगा पोखरेल, समीक्षा भण्डारी, सिर्जना पाण्डेय लगायत स्वास्थ्यकर्मी टोलीको प्राविधिक सहयोगमा भएको शिविरमा दुई सय एघार जनाको दाँत परीक्षण गरिएको डेण्टल प्रा.लि.का संयोजक माधव सापकोटाले जानकारी दिए ।
शिविरका क्रममा विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय बासिन्दा लगायतले लाभ लिएको क्याम्पसका उपप्राध्यापक नोवराज तिवारीले जानकारी दिए ।
कार्यक्रममा क्याम्पस सभा सदस्य श्यामलाल खरेल, डेण्टल प्रा.लि.का अध्यक्ष अमृत भुसाल, विद्यालयका प्रधानाध्यापक शंकरदत्त उपाध्याय, क्याम्पसका उपप्राध्यापक भिमलाल घिमिरे, त्यस्तैः कविता पन्थी, जनक वि.क. लगायतको उपस्थिति रहेको थियो ।




