२०८२ चैत्र ११

उद्योगीहरूको जमघटः क्षमता अभिवृद्धि र बजार विस्तारमा केन्द्रित
  • लुम्बिनी खोज
  • २०८२ चैत्र १०, मंगलवार ११:५५ गते

डिलाराम भुसाल
कपिलवस्तु, ९ चैत्र
उद्योग व्यापार संघ कपिलवस्तुले आयोजना गरेको दुई दिने कार्यशाला लुम्बिनीमा सोमबार देखि सुरु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट उल्लेख्य संख्यामा उद्योगी–व्यवसायीहरूको सहभागिताले कार्यक्रमलाई थप ऊर्जावान बनाएको छ।
कार्यक्रमको उद्घाटन उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले गरेका छन् । कायकम संघका अध्यक्ष टोपनारायण बेल्वासेको अध्यक्षता तथा महासचिव माधव भाट क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको छ ।उद्घाटन सत्रसँगै संघको दोस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन टोलीले प्रमाणपत्र हस्तान्तरण गरेको संस्थाका उपा्ध्यक्ष सखर भाट क्षेत्रीले बताएका छन् ।
कार्यशालामा केन्द्रीय महासचिव पराजुली र संघका सल्लाहकार अर्जुन पोख्रेल मुख्य वक्ता तथा सहजकर्ताका रूपमा सहभागी भई व्यवसाय व्यवस्थापन, नेतृत्व विकास, बजार प्रवर्द्धन लगायत समसामयिक विषयमा प्रशिक्षण दिएका छन् ।
सस्थाका अध्यक्ष टोपनारायण बेल्वासेले उद्योगीहरूको हकहित, क्षमता विकास र स्थानीय उत्पादनको प्रवर्द्धनमा यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउँदै“आजको प्रतिस्पर्धात्मक बजारमा टिकिरहन उद्योगी–व्यवसायीहरूलाई ज्ञान, सीप र एकता अत्यावश्यक छ। यो कार्यशाला केवल तालिम मात्र होइन, हाम्रो सामूहिक शक्ति प्रदर्शन गर्ने अवसर पनि हो। हामीले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्यसहित अघि बढ्नुपनै छ,”
बेल्बासेले बताए ।