२०८२ चैत्र ११
रुपन्देही १० चैत ।
राममणि बहुमुखी क्याम्पसमा कार्यरत “कर्मचारीहरूका लागि पेशागत क्षमता अभिवृद्धि तथा पुनर्ताजगी कार्यशाला गोष्ठी” क्याम्पसमा सम्पन्न भएको छ ।
गोष्ठीमा सहजकर्ताले कर्मचारीको पेशागत क्षमता अभिवृद्धि गर्नेबारे सहजीकरण गर्दै त्यससम्बन्धी अभ्यास गराएको क्याम्पसका लेखाशाखा प्रमुख विष्णुप्रसाद भुसालले जानकारी दिए । सो अवसरमा आन्तरिक राजश्व कार्यालय बुटवलका अधिकृत फर्शुराम पोख्रेल र क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेले पेशागत दक्षताका लागि आवश्यक पूर्वतयारी, तयारी र अभ्यासका बारेमा सहजीकरण गरेका थिए ।
सविता रेग्मीको सञ्चालन र सुमित्रा थापाको अध्यक्षतामा आयोजित कार्यक्रम समापन गर्दै क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले जिम्मेवारीताका साथ काम गरेमा सबैको हितमात्र हुने बताए । त्यसअघि आयोजित उद्घाटन कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डे, व्यवस्थापन संकाय प्रमुख राजेन्द्र थापा, शिक्षा तथा मानविकी तथा शिक्षा संकाय प्रमुख लक्ष्मण खरेल लगायतले पेशागत दक्षताबारे प्रकाश पारेका थिए । कार्यक्रममा क्याम्पसमा कार्यरत सबै तह तथा विभागका कर्मचारीको सहभागिता रहेको थियो ।


