२०८२ चैत्र १५

रुपन्देहीमा ९७ लाख बराबरको अवैध सामान बरामद
  • लुम्बिनी खोज
  • २०८२ चैत्र १५, आईतवार १४:०५ गते

बुटवल १५ चैत ।
रुपन्देहीबाट प्रहरीले ९७ लाख रुपैयाँभन्दा धेरै मूल्यका अवैध सामान बरामद गरेको छ। सुन काट्ने फलामको डाई १०१ वटा, पित्तलको पाता १ रोल, १ तोला २८ लाल सुन, ५ प्याकेट पित्तलको डाईको सेम्पलसहित विभिन्न सामान बरामद गरेको प्रहरीले जनाएको छ।