२०८२ चैत्र १८
बुटवल, १७ चैत ।
नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसका अवसरमा पत्रकार महासंघ रुपन्देहीबाट स्थापना गरिएको उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट खेलकुद पत्रकार सुमन अधिकारी पुरस्कृत भएका छन ।
उनलाई नगद २५ हजार रुपैया, कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. भूपेन्द्र बहादुर खत्री, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्र.ना.उ.निशान्त श्रीवास्तव, महासंघका अध्यक्ष दिनेश पाण्डे, सल्लाहकार खिमानन्द भट्टराईले पुरस्कार वितरण गरेका थिए । खेलकुद पत्रकार संघ रुपन्देहीका अध्यक्ष समेत रहेका अधिकारी विगत लामोसमयदेखी खेल क्षेत्रमा कलम चलाउदै आएका छन ।