२०८२ चैत्र ३०

पाणिनी ५ मैदान रुपन्देही सम्पर्क समाजको अधिबेशन
  • लुम्बिनी खोज
  • २०८२ चैत्र २९, आईतवार १४:५३ गते

नयाँ नेतृत्व चयन, खोज,अनुसन्धानसहितका आलेखको संगालो सार्वजनिक
बुटवल २९ चैत ।
पाणिनी ५ मैदान अर्घाखाँची रुपन्देही सम्पर्क समाजको आठौं साधारण सभा तथा पाचौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । साधारण सभामा पाणिनि–५ को ऐतिहासिक, सामाजिक, सास्कृतिकलगायत विभिन्न पक्षका बारेमा तयार गरिएका खोज, अनुसन्धानसहितका आलेखको संगालो पनि सार्वजनिक गरिएको छ ।
कार्यक्रममा पुस्तकको गहन समिक्षा समेत गरिएको छ । जन्मथलो मैदान भएका विभिन्न ठाउमा बसोबास गर्दै आएका विभिन्न क्षेत्रका ब्यक्तिहरुले तयार पारेका सामाग्रीहरुको संगालोले पुस्तक मैदानका बारेमा जानाकारी राख्न चाहनेहरुका लागि महत्वपूर्ण दस्तावेज बन्न सफल भएको सरोकारवालाहरुले बताएका छन् ।
कार्यक्रममा समाजको महत्व देखि पाणिनी ५ को विकासका संभावनाबारे पनि चर्चा गरिएको छ । ऐतिहासिक महत्वको पाणिनीको विकासका लागि पर्यटनसहितका विभिन्न योजना अगाडी बढाउनुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा पाणिनी ५ मैदानका अग्रज अगुवा पुनाराम घिमिरे, प्रदेश सांसद गिरधारीलाल न्यौपाने, संरक्षक सदस्य तथा पुस्तकका सम्पादक डीआर घिमिरे, समाजका मानार्थ सदस्य गोपाल घिमिरे, शैक्षिक ब्यक्तित्व बावुराम भट्टराई, समाजका अध्यक्ष क्याप्टेन झविन्द्रलाल घिमिरे, संरक्षक सदस्य हरिप्रसाद घिमिरे, सस्थापक अध्यक्ष हरि प्रसाद घिमिरे, पूर्व अध्यक्ष थानेश्वर घिमिरे, सल्लाहकार युबराज घिमिरे, निवर्तमान अध्यक्ष कृष्णप्रसाद वेल्वासे, विभिन्न क्षेत्रका ब्यक्तित्वहरु मिनप्रसाद घिमिरे, लेखवहादुर टण्डनलगायतले समाजको महत्व देखि विभिन्न क्षेत्रका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा सल्लाहकारहरु रोमनाथ घिमिरे, भरतमणि घिमिरे, राम प्रसाद घिमिरे रुद्र , बिष्णु शर्मा भट्टराईलगायतको पनि विशेष उपस्थीति रहेको थियो ।
त्यस्तै कार्यक्रममा पुस्तकको समिक्षा लुम्विनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजाद र शिक्षक दिनमणि भट्टराईले गरेका थिए ।
कार्यक्रममा समाजलाई विभिन्न तहबाट योगदान पु¥याउनेहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा अध्यक्ष क्याप्टेन झविन्द्र घिमिरे, सचिव दधिराम गैरे (डि. आर.), कोषाध्यक्ष कलाधर घिमिरेले आ आफ्ना क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अधिबेशनबाट बेदराज अधिकारीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचन समितिका प्रमुख डीआर घिमिरेका अनुसार सम्पर्क समाजको उपाध्यक्षहरुमा दधिराम गैरे(डी.आर.गैरे) शंकर घिमिरे, सीता भट्टराई चयन भएका छन् । त्यस्तै सचिवमा नेत्र प्रसाद वेल्वासे, कोषाध्यक्षमा भेषराज घिमिरे, सहसचिव विनोद घिमिरे र सहकोषाध्यक्षमा मुक्तिनाथ भट्टराई चयन भएका छन् ।
सदस्यहरूमा दिनमणि भट्टराई, भागिरथ घिमिरे, रामप्रसाद घिमिरे, धनकला घिमिरे, रोमाकान्त वेल्वासे, लेखनाथ भुषाल, गिरिराज घिमिरे, तुल्सीराम भट्टराई र हरिकला घिमिरे चयन भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा टोपलाल घिमिरे चयन भएका छन्।
अध्यक्षमा चयन भएपछि बेदराज अधिकारीले समाजको हितमा योजनावद्ध काम गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाएका थिए ।