२०८३ बैशाख ११

नवीनमा निरीक्षण तथा अन्तरकृया
  • लुम्बिनी खोज
  • २०८३ बैशाख ११, शुक्रबार १३:२० गते

बुटवल, ११ बैशाख
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरको प्रतिनिधि सभा सदस्यद्वारा निरीक्षण तथा अन्तरकृया सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य मन्जु भुसालले आफु यसै विद्यालय सेवा क्षेत्र भित्रको भएको र विद्यालय व्यवस्थापन गर्न ठुलो मात्रामा विद्यालय स्रोतबाट व्यवस्थापन गर्नु पर्ने भएकोले चुनौतीपूर्ण रहेकोमा चासो र चिन्ता व्यक्त गरिन् । उनले विद्यालयमा खेलकुद, पठनपाठन, संस्कार, संस्कृति, नैतिकता र अनुशासन सहितको समग्र व्यवस्थापन गर्नु पर्नेमा जोड दिदै विद्यालय स्रोतमा शिक्षक कर्मचारीहरु धेरै भएकोमा चिन्ता व्यक्त गर्दै राज्यले जिम्मा लिनु पर्ने धारणा व्यक्त गरिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी बुटवल उपमहानगरपालिका सभापति राजन पाण्डेयले विद्यालयले विद्यार्थी संख्या बढी भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने, विद्यार्थीको सफ्ट स्किल विकास गर्नु पर्ने र वालमैत्री विज्ञानमा आधारित रहेर पठनपाठन गर्नु पर्ने र विद्यालयले कंक्रिट भवन भन्दा पनि समग्र विकासमा र अध्ययन अध्यापनमा लगानी गर्नु पर्ने बताए ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका सवल पक्ष, कमजोर पक्ष, अवशर र चुनौती विद्यालय सुधारका चार खम्बाहरु भौतिक, व्यवस्थापकीय, आर्थिक र शैक्षिक सुधारको विषयहरुमा जानकारी गराएका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा व्यवस्थापन समूह कक्षा १२ का इन्चार्ज केशवराज पन्थको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष एवं अभिभावक कृष्ण प्रसाद खरेल, राष्ट्रिय स्वतन्त्र पार्टी बुटवल ११ का सभापति सुनील शाह, विद्यालयका सहायक प्रधानाध्यापकहरु, समुहगत इन्चार्जहरु, तहगत इन्चार्ज, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।