२०८३ बैशाख २१
बुटवल २१ बैशाख ।
प्रहरीले ४३ लाख २१ हजार पाँच सय मूल्यबराबरको अवैध हुक्का भेपसहित एकजनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बुटवल उपमहानगरपालिका कालिका नगरस्थित गोदामबाट पिंकु जयसवाललाई हुक्का भेपसहित नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार बरामद गरिएका सामानहरूमा हुक्का भेप १५७ पिस, हुक्कामा प्रयोग हुने कोइला एक हजार ४२२ पिस, हुक्कामा प्रयोग हुने फ्लेवर ५५२ पिस, हुक्का सेट १६० पिस, हुक्का बेस ३३ पिस, हुक्काको एयर बलर ४५ पिस, हुक्काको पाइप ६ सय पिस, हुक्का प्लाउट एक सय पिस, हुक्का चिलिम सात सय पिस, हुक्का हिटर २२ पिस बरामद गरिएको छ।
नियन्त्रणमा लिइएका जयसवाल र बरामद सामान थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
