२०८२ माघ २९

शाइन रेसुंगा बैंक १३ औं वर्ष प्रवेशसगै आफ्नै भवनमा
  • लुम्बिनी खोज
  • २०७७ फाल्गुन १९, बुधबार ०९:२९ गते

बुटवल ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक मंगलवारबाट १३ औं वर्षमा प्रवेश गरेको छ । फागुन ११ गते १३ औं वर्ष प्रवेशसगै बुटवल ११ स्थीत आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी बैंकिङ कार्यालयबाट सेवा शुभारम्भ गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलका अनुसार करिब २० करोड मुल्याकन नया भवनको रहेको छ ।
बैकका अध्यक्ष थानेश्वर पौडेलले १२ बर्षअघि छ करोड पु्ंजीबाट सुरु गरिएको बैंकको चुक्ता पुंँजी तीन अर्व ४० करोड र जगेडा कोष ७२ करोड गरी कुल पुजीकोष चार अर्व १२ करोड पुगेको जानकारी दिए । बैंकमा हाल ३३ अर्व १२ करोड निक्षेप रहेको र ३० अर्व ५० करोड कर्जा प्रवाह गरिएको तथा चार लाख २३ हजार ग्राहक रहेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष पौडेलका अनुसार बैंकको काठमाडौंमा तीनवटा सहित देशभर ७८ वटा शाखा कार्यालय र तीन वटा एक्स्टेन्सन काउण्टर रहेका छन ।
प्रदेशको अग्रणी बैंकका रुपमा शाइन रेसुंगा बैंक स्थापित भएको भन्दै समुदायले खोजे जस्तो बैंकको रुपमा अगाडि बढाउने बैंकका सञ्चालकहरुको दावी छ । १२ बर्ष अघि स्थापना भएको बैंकले समुदायको भावना र चाहना अनुसार अगाडि बढाउदै आएको बताएको छ । बुटवलको कालिकानगरमा नव निर्मित भवनबाट सेवाप्रवाह सुरु गरेको बैंकले पत्रकार भेटघाट कार्यक्रम गरी बैंकका गतिविधिबारे जानाकारी गराएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बैंक समुदायको हित भन्दा बाहिर नजाने र समुदायले खोजे जस्तो बैकको रुपमा लैजाने बताए । अध्यक्ष पौडेलले बैंकले कुल कर्जाको २४.६९ प्रतिशत लगानी उत्पादनशील क्षेत्रमा र १०.९९ प्रतिशत लगानी कृषि लगायत ब्याज अनुदानमा आधारित क्षेत्रमा गरेको जानकारी दिए । बैंकले यसअघि अनुमति लिदा लुम्बिनीका तीन जिल्लालाई कारोवार र शाखा सञ्चालन गर्ने गरी अनुमति लिएकोमा राष्ट्र बैंकको निर्देशन अनुसार गुल्मीको रेसुंगा बिकास बैंक,प्युठानको गौमुखी विकास बैंक, भैरहवाको पुर्णिमा बिकास बैंक र नेपालगन्जको भार्गव बिकास बैंकलाई मर्ज गरी राष्ट्रिय स्तरको बिकास बैंक बनेको अध्यक्ष पौडेलले बताए । त्यसैगरी बैकमा २७२ महिला र ३३५ जना पुरुष गरी ६०७ कर्मचारी तथा १६७ जना सुरक्षागार्ड गरी ७७४ जनाले रोजगारी प्राप्त गरेका छन् ।