२०८३ बैशाख २५

नवीनमा खेलाडी सम्मान
  • लुम्बिनी खोज
  • २०८३ बैशाख २५, शुक्रबार १६:११ गते


बुटवल, २५ बैशाख ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा लुम्विनी प्रदेशका युवा तथा खेलकुद मन्त्रीद्वारा खेलाडीलाई सम्मान गरिएको छ ।
अण्डर १४ फुटवलमा रुपन्देही जिल्ला उत्कृष्ट भएका फुटवल खेलाडीहरु, भलिवल, कवडी, एथलेटिक्स र तेक्वान्दोमा उत्कृष्ट खेलाडीहरुलाई र उत्कृष्ट पन्चेबाजा बजाउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
सम्मान कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले युवा हरेक कुरामा सुझबुझका साथ् अगाडी बढ्नु पर्नेमा जोड दिदै विद्यार्थीहरुमा आफ्नो देश आफै बनाउनु पर्ने भावनाको विकास हुनुपर्ने धारणा राखे ।
नेपालमा बसेर पढेर विदेशको सपना नदेख्न तर विदेशको सीप शिक्षा लिएर स्वदेशमा विकास गर्नुपर्छ भन्ने सन्देश दिन आवश्यक भएकोमा उनले जोड दिए । खेल क्षेत्रको विकास र दक्ष खेलाडी उत्पादनका लागि लगानी बढाउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालय सुधारका चार खम्बाहरु भौतिक, व्यवस्थापकीय, आर्थिक र शैक्षिक सुधार तथा विद्यालयका सवल पक्ष र कमजोर पक्षहरु बताएका थिए ।
विद्यालयका प्रधानाध्यापक बस्नेतको अध्यक्षतामा तेक्वान्दो खेलाडी प्रिन्स के।सी।को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।