२०८३ बैशाख २८

शिक्षक तथा कर्मचारी खुल्ला पुरुष भलिबल प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०८३ बैशाख २७, आईतवार १६:३८ गते

बुटवल २७ वैशाख ।
भु.पू . लाफा भलिबल समूह बुटवलको आयोजनामा जिल्लास्तरीय शिक्षक तथा कर्मचारी खुल्ला पुरुष भलिबल प्रतियोगिता आइतबार सम्पन्न भएको छ।
उक्त प्रतियोगितामा न्यू होराइजन बोर्डिङ स्कुल प्रथम तथा नवीन औद्योगिक कदरबहादुर रिता माविले द्वितीय स्थान प्राप्त गर्न सफल भएको छ । एभरेस्ट बोर्डिङ स्कुल तृतीय र दीप बोर्डिङ स्कुल शान्तवना स्थान प्राप्त गर्न सफल भएको छ। प्रथम, द्वितीय ,तृतीय र सान्तना स्थान प्राप्त गर्ने खेलाडीहरुलाई क्रमश ३० हजार, २० हजार १० हजार र ५ हजार नगद पुरस्कार ,प्रमाणपत्र र ट्रफी वितरण गरिएको छ
िरुपन्देहीका १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको उक्त खेलकुद कार्यक्रमको दोस्रो संस्करण २०८३ माघ महिनामा सञ्चालन गरिने आयोजकले बताएको छ। बाजे जगबहादुर एवं आमा लिलसरी गुरुङको स्मृतिमा आयोजित खेलको संरक्षक विजय गुरुङको अध्यक्षतामा नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाको प्रमुख आतिथ्यतामा ,प्याप्सनका केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्यायको विशिष्ट अतिथ्यतामा नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत र न्यु होराइजन बोर्डिङ स्कुलका प्राचार्य वासुदेव अर्यालको आतिथ्यता रहेको कार्यक्रममा कार्यक्रम संयोजक भरत थापा रहेका थिए। कार्यक्रमको सञ्चालन महेश खनालले गरेका थिए ।