२०८३ बैशाख २८
बुटवल २८ बैशाख ।
सरकारले सञ्चालन गरेको सरसफाई सप्ताह अभियानप्रति ऐक्यबद्धता जनाउँदै बुटवलमा पनि सोमबार सरसफाई कार्यक्रम गरिएको छ । बुटवलको बसपार्क क्षेत्रमा विशेष सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।
रुद्रगण र एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका युवा तथा स्थानीयको सहभागिता रहेको थियो। स्वच्छ र सफा वातावरण निर्माण पु¥याउन तथा समाजमा सकारात्मक सन्देश फैलाउन कार्यक्रम गरिएको आयोजक मध्येका एक शिशिर गौतमले बताए ।

