२०८३ बैशाख २९

राममणिमा लघु अनुसन्धान परियोजना अन्तर्गत अनुसन्धान प्रस्तुतिकरण
  • लुम्बिनी खोज
  • २०८३ बैशाख २९, मंगलवार ११:४४ गते

रुपन्देही २९ बैशाख ।

रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसका प्राध्यापकहरूका लागि सञ्चालित लघु अनुसन्धान परियोजना अन्तर्गत अनुसन्धान प्रस्तुतिकरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसमा आयोजित एक कार्यक्रमबीच ४ जना प्राध्यापकहरूले आफ्ना अनुसन्धान कार्यको प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा क्याम्पसका उपप्राध्यापकहरूः तारा प्रसाद पराजुुली, माया घिमिरे, कृष्णकुमार रेग्मी र मुक्तिनाथ गैह्रेले आफूले सम्पादन गरेको अनुसन्धान कार्यको प्रस्तुतिकरण राखेका थिए ।
क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. अशोक भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा संयोजक डा. भण्डारी सहित उपस्थित अन्य प्राध्यापकहरूले जिज्ञासा तथा सुझाव राखेका थिए ।
सो अवसरमा बोल्दै क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले कक्षाकोठा, क्याम्पसका अन्य प्राज्ञिक कार्य, सामाजिक विकाश र प्राध्यापकहरूको अनुसन्धान कार्यक्षमता अभिवृद्धिका लागि क्याम्पसले विभिन्न अनुसन्धानका कार्यहरू सञ्चालन गर्दै आएको बताए ।
सो अवसरमा अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. अशोक भण्डारीले क्याम्पसको गुणस्तर त्यहाँका प्राध्यापकहरूको अनुसन्धनात्मक प्रगतिमा समेत आधारित हुने हुँदा सबै प्राध्यापकहरूलाई समाहित गर्न तालिमहरू समेत सञ्चालन गर्दै आएको बताए ।