२०८३ बैशाख ३१
रुपन्देही ३१ बैशाख ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसका बी.बी.एस.पहिलो वर्षका विद्यार्थीका लागि वित्तीय साक्षरता तथा पेशागत बैंकिङ् अभिमुखीकरण सम्पन्न भएको छ ।
विद्यार्थी परामर्श तथा रोजगार एकाइका संयोजक भीमलाल घिमिरेको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेले विद्यार्थीमा व्यवहारिक क्षमता अभिवृद्धिका लागि कार्यक्रम गरिएको बताए ।
विद्यार्थीलाई प्रशिक्षण दिँदै शाइन रेसुङ्गा डेभलपमण्ट बैंकका मानव संसाधन विभागका प्रमुख प्रवास राईले बहुपक्षीय व्यक्तित्व विकाश, नेतृत्व विकाश र निरन्तरको प्रयासबाट बैंकिङ् सहित प्रशासकीय क्षमता अभिवृद्धि गर्न सकिने बताए ।
विद्यार्थी परामर्श तथा रोजगार एकाईको आयोजना र शाइन रेसुङ्गा डेभलपमण्ट बैंकको परामर्श सहजीकरणमा कार्यक्रम भएको थियो ।


