२०८२ माघ २६

बुटवलमा कांग्रेसका पाण्डे झण्डै ११ सय मतले अगाडी
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ १, आईतवार ०९:५५ गते

बुटवल ।

बुटवल उपमहानगरपालिकामा कांग्रेसले अग्रता कायम राखेको छ । मत गणनाको पछिल्लो विवरण अनुसार यहा प्रमुख पदमा कांग्रेसका खेलराज पाण्डे एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा १ हजार ९७ मतले अगाडी छन ।

बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलका अनुसार यहा पाण्डेले २ हजार ९ सय ४८ मत प्राप्त गर्दा एमालेका भट्टराईले १ हजार ८ सय ५१ मत प्रापत गरेका छन । यहा राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले ८ सय ७८ मत प्राप्त गरेका छन । त्यस्तै उपप्रमुखमा एमाले उम्मेदवार सावित्रादेवी अर्यालले २ हजार १ सय ३१ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका चिनवहादुर गुरुगंले १ हजार ७ सय ६६ मत प्राप्त गरेका छन । यहा राप्रपा उम्मेदवार भगवती पाण्डेले १ हजार ४८ मत प्राप्त गरेकी छिन । बुटवलमा वडा नम्वर १ र २ को गणना सम्पन्न भएको छ । यहा वडा नम्वर १९ र ३ को मत गणना अहिले जारी रहेको छ । बुटवल २ मा एकीकृत समाजवादी विजयी बुटवल बुटवल उपमहानगरपालिकाको २ नम्वर वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य निर्वाचित भएका छन् । एमालेका रमेश प्रसाद नेपाललाई ३७ मत अन्तरले पराजित गर्दै शाक्य विजयी भएका हुन । शाक्यले ८ सय ७१ मत ल्याएका छन । यहा एमालेका उम्मेदवारले ८ सय ३४ र कांग्रेसका उम्मेदवारले ५ सय ९२ मत पाएका छन ।

बुटवलमा यसअघि वडा नम्बर १ मा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भइसकेका छन् । १९ वटा वडा रहेको बुटवलमा अहिले वडा नम्बर १९ र वडा नम्वर ३ कोे मतगणना जारी छ ।