२०८२ माघ २६
बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाको अध्यक्ष पद नेपाली कांग्रेसले जितेको छ ।गाउँपालिका अध्यक्षमा नवराज ढकालले एमालेका दिनानाथ आचार्यलाई १४३९ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । ढकालले ७ हजार ४सय ९९ मत पाएर निर्वाचित हुदा आचार्यले ६०६० मत पाएका छन् ।२०७४ को चुनावमा यो पालिका एमालेले जितेको थियो । यसपटक कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गरे अनुसार पालिका उपाध्यक्षमा माओवादी केन्द्रकी मौसमी थापा विजयी भइन् ।
मौसमी रुख चिन्हबाटै लडेकी थिइन् । उनले नेकपा एमालेकी ओमकली राहाडी मगरलाई ६४६ मत अन्तरले पराजित गरेकी हुन् ।
थापाले ७६११ मत पाउँदा राहाडीले ५९६५ मत पाएकी छन् । ५ वटा वडा रहेको कञ्चनमा वडा नंं १ र ५ एमालेले तथा २,३ र ४ नेपाली कांग्रेसले जितेको छ ।