२०८३ श्रावण २७

कपिलवस्तुको खोजीपुरमा ६ नाल बेवारिसे बन्दुक बरामद
  • लुम्बिनी खोज
  • २०८३ श्रावण २७, बुधबार १५:५३ गते

कपिलवस्तु २७ साउन ।

कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, खोजीपुरस्थित चिसापानी क्षेत्रमा एकैपटक ६ नाल बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ। इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले ती बन्दुक बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार चिसापानी क्षेत्रमा बेवारिसे अवस्थामा राखिएका ६ नाल बन्दुक फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद भएका बन्दुक कसले, कुन प्रयोजनका लागि र कहिलेदेखि त्यहाँ राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

बरामद बन्दुकको प्रकृति र अवस्थाबारे थप परीक्षण गरिने प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित व्यक्ति वा समूहको पहिचानका लागिसमेत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।