२०८२ असार ३१
बुटवल ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणि अर्यालले १८ हजार नौ सय ९९ मत प्राप्त गरी चुनाव जिते । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रविराज आचार्यले १८ हजार तीन सय ६० मत प्राप्त गरे । दुवैबीच ६ सय ३९ मतको अन्तर रहेको छ ।
त्यसैगरी, उपप्रमुखमा एमालेकै रीता चौधरीले १९ हजार तीन सय ९८ मत ल्याई चुनाव जितिन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारावती थारूले १८ हजार चार सय ६४ मत प्राप्त गरेकी छिन् । वाणगंगा नगरपालिकामा एमालेले नगरप्रमुख र उपप्रमुखसहित ६ वटा वडा जितेको छ । कांग्रेसले चारवटा वडा र माओवादीले एउटा वडा जितेको छ ।