२०८२ माघ २६
बुटवल ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअन्तर्गत कपिलवस्तु नगरपालिकाको नतिजा सार्वजनिक भएको छ । जसअन्तर्गत नगरप्रमुखमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट सुदीप पौडेल निर्वाचित भएका छन् ।
पौडेलले ११ हजार नौ सय ६ मत प्राप्त गरेका छन् । पौडेल नेकपा एमालेबाट प्रमुखको उम्मेदवार बनेका डा. राजेश गुप्तालाई तीन हजार एक सय २४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । गुप्ताले आठ हजार सात सय ८२ मत पाएका छन् ।
त्यस्तै, कपिलवस्तु नगरपालिकाको उपप्रमुखमा जसपाकै सुनिता गुप्ता निर्वाचित भएकी छिन्। गुप्ता नौ हजार पाँच सय ७० मत प्राप्त गरी विजयी भएकी हुन् । उनकी निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी तुलसा पाण्डेय गैरेले नौ हजार तीन सय ७९ मत प्राप्त गरेकी छिन् ।
कपिलवस्तु नगरपालिकाका वडामा भने कांग्रेसले धेरै सिट जितेको छ । वडा नं. ३, ५, ८, १० र १२ कांग्रेसले जितेको छ । वडा नं २, ४, ६ र ९ एमालेले जितेको छ । वडा नं. १, ११ र ७ मात्र जसपाले जितेको छ