२०८२ माघ २६
बुटवल ।
रुपन्देहीको रोहिणी गाउपालिकामा जसपाले जित हात पारेको छ । यहा अध्यक्षमा जसपाका विद्याप्रसाद यादव ७ हजार ४ सय ९६ मत प्राप्त गरी विजयी भएका छन । यहा राप्रपाका ताहिर अलि भाटले ६ हजार ४ सय ५८ मत प्राप्त गरेका छन । उपाध्यक्षमा भने यहा राप्रपाले जित हात पारेको छ । राप्रपाकी उम्मेदवार शिबकान्ति चमार ६ हजार १ सय ५४ मत प्राप्त गरी विजयी भएकी छिन । यहा जसपाकी रिमा मिश्राले ५ हजार ९ सय २ मत प्राप्त गरेकी छिन ।