२०८२ माघ २६

सैनामैनामा कांग्रेसका शर्मा विजयी 
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ ७, शनिबार १६:३७ गते

बुटवल  ।

रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा विजयी भएका छन । शर्माले एमालेका चित्रबहादुर कार्कीलाई पराजित गरेका हुन । कार्की गत निर्वाचनमा एमालेबाट प्रमुखमा विजयी भएका थिए । विजयी भएका शर्माले १५ हजार ६ सय ८६ मत ल्याएका छन । यहा कार्कीले १५ हजार १ सय ४ मत मात्र प्राप्त गरेका छन । शर्मा २०७४ मा कार्कीसँग पराजित भएका थिए । यहा उपमेयरमा नेकपा एमालेका बिना राना निर्वाचित भएकी छन् । रानाले १५ हजार ७ सय ६२ मत प्राप्त गर्दा माओवादी केन्द्रका मानवहादुर महतले १३ हजार ७ सय २० मत मात्र प्राप्त गरेका छन । राना २०७३ सालमा पनि उपमेयर जितेकी थिइन् ।