२०८१ श्रावण १२

सुनको सट्टा फलामका ढिक्का दिई ठगी गर्ने पक्राउ
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ १०, मंगलवार ०८:११ गते
बुटवल ।
रुपन्देहीमा सुनको सट्टा गोल्डेन कलरका फलामका ढिक्का दिइए ठगी गर्ने ब्यक्तिहरु पक्राउ परेका छन । यही जेठ ५ गते रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० शितलापुर स्थित एक होटलमा दिउसो करिब साढे १ बजे बोलाई ठग ी गरेको आरोपमा २ जना पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलका अनुसार बुटवल उपमहानगरपालिका वडा नं १७ बस्ने वर्ष ४० की धन सौमैलाई ठगी गर्ने ब्यक्तिहरु पक्राउ परेका हुन । तपाईको पुरानो बाँकी रहेको पैसा दिन्छौं भनी सोमैलाई होटलमा बोलाई विभिन्न प्रलोभनमा पारी ठगी गरेको आरोपमा गैडहवा ९ धुसुवाका ३७ वर्षका काके भन्ने धनबहादुर सुनार र अर्घाखाची मालारानी गाउपालिका ३ घर भइ हाल रुपन्देहीको कञ्चन गाउपालिका १ हात्तिबजार बस्ने वर्ष ३७ को नविन भन्ने देवबहादुर मगर पक्राउ परेका छन ।
उनीहरुले झट्ट हेर्दा सुन जस्तो देखिने गोल्डेन कलर लगाएको फलामको ढिक्का थान ९ ठुलो ढिक्का १, सानो ढिक्का८ दिई निज धन सोमैले हातमा लगाएको सुनको चेन ब्रासलेट फुत्काई लगेका थिए । फरार भएका उनीहरुलाई दुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । महिलालाई ठगी गरी भागी जाने व्यक्तिहरु निम्न स्थानमा लुकीछिपी वसेका छन् भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दै जाने क्रममा ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट खटिएको प्रहरीले ७ गते कञ्चन गाँउपालिका वडा नं १ हात्तीबजार स्थितबाट पक्राउ गरेको जिप्रकाले जनाएको छ ।
उनीहरुलाई ठगी सम्बन्धी कसुरमा रुपन्देही जिल्ला अदालतबाट म्यादथप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ प्रतिवादीहरु
 जिल्ला रुपन्देही गैडहवा गाँउ पालिका वडा नं ९ धुसुवा बस्ने वर्ष ३७ को काके भन्ने धन बहादुर सुनार । २। जिल्ला अर्घाखाँची मालारानी गाँउ पालिका वडा नं ३ स्थायी वतन भई हाल जिल्ला रुपन्देही कञ्चन गाँउ पालिका वडा नं १ हात्तीबजार बस्ने बर्ष ३७ को नविन भन्ने देव बहादुर मगर ।
के के भए बरामद
सुन जस्तो देखिने पँहेलो पदार्थ लगाएको फलामको ढिक्का थान ९ ,ठुलो ढिक्का १, सानो ढिक्का ८ र विभीन्न कम्पनीका मोबाईल सेट थान( ४ । ४ गोल्डेन रंग सहितको बट्टा थान १  पिडितको ब्रासलेट गालेर बनाएको १ तोला ७ लाल ८ पोईन्ट सुनको डल्ला