२०८१ आश्विन ८

गणतन्त्रलाई कमजोर पार्ने तत्व स्थानीय निर्वाचनमा पराजित: मुख्यमन्त्री केसी
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ १५, आईतवार १८:०२ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले गणतन्त्रलाई कमजोर पार्ने तत्वलाई स्थानीय निर्वाचनमा जनताले पराजित गरेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आइतबार प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले दिगो शान्ति, सुशासन र समृद्धिका आकांक्षा पूरा गर्ने संकल्प गणतन्त्रले गरेको बताए ।

उनले विगतमा राज्य व्यवस्थाले गरेको विभेदलाई अन्त्य गरी समता मुलक समाजका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । गणतन्त्र स्थापनाका लागि नेपालीहरुको महत्वपूर्ण त्याग, तपस्या र बलिदानबाट मात्रै सम्भव भएको स्पष्ट पार्दै उनले सबैको मेहनत, योगदानबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउन प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।

गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख, विभिन्न मन्त्री, सांसद तथा बुटवल उपमहानगरपालिका सहित स्थानीय तहका जनप्रतिनिधिहरु उपस्थित थिए ।