२०८२ माघ २६
बुटवल ।
मानव अधिकार तथा शान्ति समाजले “ शान्ति समाजले आफनो स्थापना दिबसको अबसरमा बिभिन्न सामाजिक कार्यगरी गरी मनाएको छ । समाजको कार्यक्षेत्रःजगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य” भन्ने मूल नारासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरि बिहिबार स्थापना दिवस मनाएको हो । २०५३ जेठ १९ गते स्थापित स्वयंसेवी संस्था शान्ति समाजले जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना अभियान, हिमालय बचाउँ आन्दोलन, युद्ध निषेध ः शान्ति विशेष अभियान, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार अभियान, लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध अभियानलाई तिव्रता दिँदै आएको छ । नेपालको ३८ जिल्लामा शाखा, १ हजार ५ सय १० आजीवन सदस्य र स्थापनाकालदेखि हालसम्म गरि १० हजार ६ सय ६० जनाले सदस्यता लिएको समाजले बताएको छ । मानव अधिकार तथा शान्ति समाजको संस्थापक सभापति कृष्ण पहाडी रहेका छन । । स्थापना दिवसका अवसरमा शान्ति समाजले देशभर बिबिन्न कार्यक्रम गरेको छ । जसमा बिहिबार शान्ति समाज रुपन्देही शाखाले वुटवलस्थित नेपाल अपागं आश्रमलाई खाद्यान्न सहयोग र सैनामैनास्थित सुस्त मनस्थिति विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ भने काठमाण्डौ शाखाले गोठाटारस्थित असहाय गाईबाच्छा संरक्षण अभियानलाई रु। २० हजारको पिठो सहयोग गर्नुका साथै सोही स्थलमा वृक्षारोपण समेत गरेको छ ।
यसैगरी सुनसरी शाखाले स्थानीय शान्ति वृद्धाश्रमलाई, गोरखा शाखाले गुरुकुल आश्रमलाई र नवलपुर शाखाले अपांग जीवन विकास संस्थालाई खाद्यान्न सहयोग गर्नुका साथै दाङ शाखाले तुलसीपुरस्थित आश्रमका लागि भोजन सहयोग गरेको छ । यसैगरी शान्ति समाज चितवन शाखाले एक वृद्धाश्रमलाई नगद सहयोग, संखुवासभा शाखाले फलफुल वितरण गर्नुका साथै सिरहा शाखाले लहानमा र कपिलवस्तु शाखाले वाणगंगामा वृक्षारोपण कार्यक्रम गरेका छन । साथै कैलाली शाखाले कर्णाली नदी पाताभार घाटमा सफाई कार्यक्रम गरेको थियो । यस्तै शान्ति समाज पाल्पा शाखाले तानसेनमा श्रवणशक्ति कम भएका विद्यार्थीलाई र कास्की शाखाले जेठ १८ गते पोखरास्थित एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको थियो । शान्ति समाज स्थापना दिवसकै अवसरमा थप १७ वटा शाखाले बिहिबारनै गते सेवामुखी सामाजिक विभिन्न कार्यक्रम आयोजना गरेका छन ।