२०८२ माघ २६

राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ ३१, मंगलवार १०:२१ गते

बुटवल ।

महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । मन्त्री वली आफ्ना एक पीएसओसहित एकराज बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान प्रवेश गरेकी थिइन् ।

घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनले कोठाभित्रको दराजसमेत तोडफोड गरेको बताइएको छ ।