२०८२ कार्तिक २८
बुटवल ।
लुम्विनी प्रदेश सरकारले रू ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट ल्याएको छ । प्रदेश सभाको बुधवारको बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री
कृष्णध्वज खड्काले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ रू १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार अर्थात कुल बजेटको ३१ दशमलव २६ प्रतिशत विनियोजन
गरिएको छ ।
त्यस्तै पुँजीगत खर्चतर्फ रू २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार अर्थात कुल बजेटको ५७ दशमलव ४१ प्रतिशत रहेको छ । त्यस्तै वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरिएको छ । कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११ दशमलव ३३ प्रतिशत रहेको छ । त्यस्तै आगामी आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमका लागि खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट रू ३ अर्ब १० करोड ५९ लाख, संघ र स्थानीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट रू १५ अर्ब ३५ करोड
३४ लाख, रोयल्टी बाँडफाँटबाट रू ७० करोड प्राप्त हुने अनुमान गरिएको छ । त्यसै गरी संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रू ८ अर्ब ५४ करोड १७ लाख, सशर्त अनुदानबाट रू ८ अर्ब ७१ करोड २२ लाख, समपूरक अनुदानबाट रू ७३ करोड ९० लाख, विशेष अनुदानबाट रू ४८ करोड रू ३५ लाख, चालु आर्थिक वर्षको बचत रकमबाट रू ४ अर्ब रहने र आन्तरिक ऋणबाट रू १ अर्ब परिचालन हुने अनुमान गरिएको छ ।